८ वैशाख २०८१ शनिबार
समाज

गाडीको ठक्करले एकको मृत्यु

रत्ननगर – गाडी ब्याक गर्ने क्रममा पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको मुग्लिनमा एकजनाको मृत्यु भएको छ। अर्का एकजना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ ६ः३० बजेको समयमा इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारमा उक्त दुर्घटना भएको हो। 

काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ३ ख २७०७ नम्बरको बसले ब्याक गर्ने क्रममा ठक्कर दिँदा सुर्खेतको भेरीगंगा नगरपालिका–७ का दिलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि काठमाडौँ लगिएकोमा राति नै मृत्यु भएको हो। उनको शवलाई अहिले भरतपुर अस्पतालमा ल्याएर राखिएको छ। 

सो दुर्घटनामा परी सोही ठाउँका ६४ वर्षीय हरिबहादुर घर्ती घाइते भएको र उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसका चालक भने नियन्त्रणमा छन्। 

प्रकाशित: २६ वैशाख २०७५ ०४:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App