१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे

 वासिंटन - इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ ।अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौताबाट अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन्।

 सम्झौता अर्थहीन भएकाे भन्दै ट्रम्पले बाहिरने घोषणा गरेका हुन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी कदमको स्वागत गरेका छन् । इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी निर्णयको अालाेचना गर्दै इरानले युरोनियम संबर्धनको काम पुन थाल्ने बताएका छन्।

अमेरिकाले  परमाणु सम्झौताबाट बाहिरिएपनि इरानमाथि तुरुन्त आर्थिक प्रतिबन्ध नलगाउने बतााएकाे छ।तीन वर्षअघि सन् २०१५ मा अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानसँग परमाणु सम्झौता गरेका थिए ।

प्रकाशित: २६ वैशाख २०७५ ०३:५० बुधबार

इरानसँगको परमाणु सम्झौताबाट अमेरिका बाहिरियाे