८ वैशाख २०८१ शनिबार
खेल

पुलिस क्लब फाइनलमा

नेपाल पुलिसका खेलाडीको प्रहार बचाउ गर्दै एपिएफका गोलरक्षक। तस्बिर : युवराज/नागरिक

झापा – अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० ले पराजित गर्दै नेपाल पुलिस क्लब दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। खेलको मंगलबार भएको पहिलो सेमिफाइनलको ३८आंै मिनेटमा निरकुमार राईले पुलिसका लागि निर्णायक गोल गरेका थिए। सशस्त्रका गोलकिपर बिट भइसकेको अवस्थामा हेडमार्फत उनले सो गोल गरका थिए।

खेलको १२औं मिनेटमा पुलिसका दिनेश राजवंशीले दिएको पासलाई अजित भण्डारीले हेडमार्फत गोलको प्रयास गरे पनि त्यो सफल हुन सकेन। उनको प्रहार क्रसबार माथिबाट बाहिरिएको थियो। २१औं मिनेटमा पुलिसका अभिषेक रिजालको प्रहार पनि गोलपोस्टनजिकैबाट बाहिरिएको थियो।

६७औं मिनेटमा एपिएफका बिकु लामाको पासमा हरि कार्कीले गरेको प्रहारलाई पुलिसका गोलकिपर किरण चेम्जोङले पन्च गरेर बचाएका थि। ७३औं मिनेटमा एपिएफका सुदीप शिख्राकारले गरेको प्रहार पनि गोलकिपर किरणले उत्कृट बचाउ गरेका थिए।

खेलको पहिलो हाफमा एपिएफले फितलो प्रदर्शन गरेको थियो। टोली बललाई पोस्टको दिशा दिन चुकेको थियो। पुलिसका खेलाडीहरूको आक्रामक खेलसामु पहिलो हाफमा सशस्त्रले कुनै गतिलो प्रहार गर्न सकेन। तर दोस्रो हाफमा एपिएफले सम्हालिएको प्रर्दशन गरेको थियो। एपिएफका धेरै प्रहार पुलिसका गोलरक्षक किरणले सहजै बचाएका थिए।

खेलमा एक मात्र गोलकर्ता निरकुमार राई म्यान अफ दी म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी र मनाङ मस्र्याङ्दीबीच बुधबार हुनेछ। पुलिसले बुधबारको खेलको विजेतासँग शुक्रबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २६ वैशाख २०७५ ०३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App