coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

अनमोललाई विल्सनको चुनौती

काठमाडौं – स्टारडमको दौडमा अगाडि मानिएका अनमोल केसीलाई मंगलबार सार्वजनिक डीसिने अवार्डको मनोनयमा विल्सन बिक्रम राईले चुनौती दिएका छन्।

२९ विधामा वितरण हुने अवार्डमा विल्सन ‘रातो घर’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा अटाएका छन् भने अनमोल केसी ‘कृ’बाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेका छन्।मनोनयनमा दुवैलाई ‘मंगलम्’बाट पुष्प खड्का र ‘लिलिबिली’बाट प्रदिप खड्का र र ‘संरक्षण’बाट सौगात मल्लले पछ्याएका छन् । अनमोलको मुख्य भूमिका रहेको ‘कृ’ सर्वाधिक १३ विधामा मनोनयनमा परेको छ ।
अवार्डमा ‘उत्कृष्ट अभिनेत्री’को हकमा ‘ए मेरो हजुर २’बाट साम्राज्ञी राज्यलक्ष्मी शाह, ‘मंगलम्’बाट शिल्पा पोखरेल र ‘कान्छी’बाट स्वेता खड्काबीच प्रतिष्पर्धा हुँदा यो विधामा ‘ब्लाइन्ड रक्स’बाट बेनिशा हमाल र ‘पञ्चायत’बाट नीता ढुंगाना मनोनयनमा अटाएका हुन् ।

निर्देशकको हकमा फिल्म ‘लिलिबिली’बाट मिलन चाम्स, ‘छक्का पन्जा २’बाट दीपाश्री निरौला, ‘ऐश्वर्य’बाट दिवाकर भट्टराई, ‘मंगलम्’बाट नवल नेपाल र ‘कृ’बाट सुरेन्द्र पौडेल दाबेदार छन् । त्यस्तै ‘उत्कृष्ट चलचित्र’ विधामा ‘ऐश्वर्य’, ‘कृ’, ‘छक्का पन्जा २’, ‘मंगलम्’ र ‘लिलिबिली’ प्रतिष्पर्धी छन्।

अवार्डमा फिल्म ‘कृ’ र ‘मंगलम्’ समान १३ विधाको मनोनयनमा परेका छन् । फिल्म ‘कृ’ एनिमेसन, पाश्र्व संगीत, ध्वनि मुद्रण, कोरियोग्राफी, द्वन्द्व, खलपात्र,, पटकथा, नवनायिका, छायाँकार, सम्पादन विधाको मनोनयनमा पनि अटेको छ । त्यस्तै ‘मंगलम्’ सम्पादक, चरित्र अभिनेत्री, पटकथा, कथा, संगीत, गायक, गायिका, ध्वनिमिश्रण र पाश्र्व संगीत विधामा परेको छ ।

त्यस्तै फिल्म ‘ऐश्वर्य’ चलचित्र, निर्देशक, छायांकन, नवनायिका, संवाद, खलपात्र, संगीत, गायक, गायिका, गीतकार र ध्वनिमिश्रणको विधामा मनोनयनमा परेको छ । फिल्म ‘लिलिबिली’ सम्पादन, छायाँकार, नवनायिका, संवाद, पटकथा, ध्वनिमिश्रण र पाश्र्व संगीत विधामा पनि परेको छ।

अवार्ड आयोजक छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले प्रविधिका माध्यमले राम्राभन्दा राम्रा फिल्म बनाउने फिल्मकर्मीलाई प्रोत्साहित गर्न अवार्ड आयोजना गरिएको बताए । अवार्डको जुरीमा लेखक तथा निर्देशक मोहन निरौला, पत्रकार तथा निर्देशक डब्बु क्षेत्री, निर्देशक राजेन्द्र उप्रेती, संगीतकार सन्तोष श्रेष्ठ एवं निर्देशक तथा सिनेमाटोग्राफर सवनम मुखिया छन् ।

२९ विधाको अवार्डमा जुरी अवार्ड, क्रिटिक्स अवार्ड, इनकरेजमेन्ट अवार्ड, पब्लिक च्वाइस अवार्डसहित ‘छायाँछवि चलचित्रकर्मी रजत सम्मान पुरुष र महिला’, ‘छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार’, ‘छायाँछवि लिजेन्ड्री सम्मान’ पनि प्रदान गरिनेछ । अवार्ड आगामी जेठ १० गते राजधानीमा वितरण गरिनेछ । यसअघिका आठौं तथा नवौं संस्करण आयोजकले क्रमशः पोखरा र हेटौंडामा सम्पन्न गरेका थिए ।

प्रकाशित: २६ वैशाख २०७५ ०२:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App