८ वैशाख २०८१ शनिबार
खेल

आईपीएल : पञ्जाबलार्इ १५ रनले हराउँदै राजस्थानको जित

काठमाडौं – इण्डियन प्रिमियर लिग (आर्इपीएल) मा राजस्थान रोयल्सले किंग्स इलेभन पञ्जाबलाई १५ रनले पराजित गर्दै जित निकालेकाे छ।

गएराति भएको खेलमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रन बनायो ।

राजस्थानका लाथि जोश बटलरले सर्वाधिक ८२ रन बनाए। ५८ बल खेलेका उनले ९ चौका र १ छक्का प्रहार गरे। सञ्जु सामसनले २२ रन जोडे। यस्तै स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको जोडे।

बलिङतर्फ एन्ड्रयु टायले सर्वाधिक ४ विकेट लिए। मुजिबर रहमानले २ विकेट लिए।

जवाफमा १ सय ५९ रनको विजय लक्ष्य पछ्याएको पञ्जावले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन मात्रै बनाउन सक्यो ।

पञ्जावका सुरुवाती ब्याट्सम्यान लोकेश राहुलले अविजित ९५ रन बनाए पनि अन्यको उत्कृष्ट प्रदर्शन हुन सकेन। सबै व्याट्सम्यानको सामुहिक योगदान ४८ रन मात्रै बन्यो।

आइपीएल क्रिकेटमा आज राति कोलकाता नाईट राईडर्स र मुम्बइ इन्डियन्स भिड्नेछन्।

प्रकाशित: २६ वैशाख २०७५ ०२:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App