रक्सीले बिगार्छ कलेजो

बुधबार, २६ बैशाख २०७५, ०७ : ११ पवित्रा सुनार

काठमाडौं - भक्तपुर ब्यासीका ५१ वर्षीय रवि प्रजापति यतिखेर वीर अस्पतालमा उपचार गराइरहेका छन् । गत पुसदेखि बिरामी भएका प्रजापतिले सिभिल अस्पतालमा दुई महिना बिताए । केही समय घरमै औषधि खाएर बसे । निको नभएपछि उनी वीर अस्पतालमा पुगेका हुन् । लामो समयसम्म रक्सी सेवन गरेका कारण उनको कलेजो बिग्रिएको छ।

‘डाक्टरले कलेजो बिग्रेको छ भनेका छन्,’ रविकी पत्नी विद्याले भनिन् । विद्याका अनुसार उनले विगत पन्ध्र वर्षदेखि दैनिक रक्सी खाँदै आएका छन् । ‘मेलै नदेख्ने गरेर भए पनि दिनको दुईचार गिलास पिउनुहुन्थ्यो,’ विद्याले भनिन् ।
रविको पेट असामान्य गरी फुलेको छ, अनुहार पहेंलो भएको छ । उनको पाचनशक्तिमा ह्रास आएको छ । उनी थोरै र नरम खानेकुरा मात्र खान सक्छन् । चियापसल चलाएर परिवारको जीविका चलाउँदै आएका उनी बिरामी परेपछि परिवारमा आर्थिक संकट आइलागेको छ । ‘ऋण खोजेर उहाँको उपचार गराइरहेकी छु । ऋण गरेको पैसाले कति दिन पुग्ला र’ उनकी पत्नी विद्याले भनिन् ।

अस्पतालकै फिमेल मेडिकल वार्डमा उपचार गराइरहेकी छन् धादिङ ५५ वर्षीया मोती राना । उनी पनि कलेजो बिग्रेर उपचारका लागि वीर अस्पताल पुगेकी हुन् । उनको अवस्था गम्भीर छ । उनले जीवनभर रक्सी सेवन गरेकी थिइन् ।
अस्पतालको कलेजो विभागका अनुसार अस्पतालमा रक्सी सेवनकै कारण कलेजो बिगे्रर आउनेहरु धेरै छन् । अस्पतालमा वार्षिक चार हजार ८ सय कलेजोका बिरामी आउँछन् । यीमध्ये ६० प्रतिशतको रक्सीका कारण कलेजो बिग्रेको अस्पतालले जनाएको छ । ‘धेरैजसो बिरामी अन्तिम चरणमा पुगेपछि मात्र आइपुग्छन्,’ अस्पतालका कलेजो विभाग प्रमुख डा.अनिल मिश्रले भने ।

वीर अस्पतालमा वार्षिक औसत चार हजार आठ सय जना कलेजोका बिरामी आउँछन् । यीमध्ये ६० प्रतिशतको कलेजो रक्सीका कारण बिग्रेको पाइएको छ ।

कलेजो बिग्रेपछि प्रत्यारोपण गर्नुपर्ने हुन्छ । प्रत्यारोपण शुल्क निकै महँगो छ । गम्भीर अवस्थामा पुगेका बिरामीलाई कलेजो प्रत्यारोपण हुन नसकेमा उनीहरुको एकदेखि तीन वर्षभित्र मृत्यु हुन्छ । डा.मिश्र भन्छन्, ‘नेपालमा अहिले पनि कलेजोको पूर्ण उपचारको अवस्था छैन । विदेशमा जान धेरैको पहुँच पुग्दैन ।’विभागका अनुसार रक्सीका कारण कलेजो बिग्रनेमध्यै अधिकांश पुरुष छन् । रक्सी बढी सेवन गरेको कारण कम उमेरमै फोक्सो बिग्रिने गरेको डा. मिश्रले बताए । रक्सीको कुलतमा पर्ने गरेका कारण पुरुषको कलेजो बढी बिग्रिने गरेको चिकित्सक बताउँछन् । डा.मिश्र भन्छन्, ‘भोज, चाडपर्व या संस्कृतिको बहानामा रक्सी पिएकाहरु पछि गएर कुलतमा फस्छन् ।’

रक्सीमा हुने टक्सिन (विषादी पदार्थ) का कलेजोको कोषहरुलाई बिस्तारै नष्ट गर्दै जान्छ । यो क्रम थपिँदै जाँदा कलेजोमा चिल्लो तथा अन्य पदार्थ जम्मा हुन थाल्छ । यसलाई फ्याटी लिभर (कलेजो कडा भएको अवस्था) भनिन्छ । कलेजो बिग्रिन सुरु भएपछि खान मन नलाग्ने, दाहिने कोख दुख्ने, पाचन शक्ति कमजोर हुने जस्ता लक्षण देखिन्छन् ।

यी लक्षण देखिएकै अवस्थामा रक्सी पिउन रोकी उपचारमा पुगेमा सामान्य अवस्थामा फर्किन सकिन्छ । तर धेरैजसो बिरामी ग्यास्टिक भएको भन्दै रक्सी पिउने क्रम रोक्दैनन् । सन्तुलित र सफा खाना खाने, चिल्लो या बोसो नखाने, रक्सी सेवन नगर्ने, नियमित व्यायाम गर्नेजस्ता जीवनशैली अपनाएमा कलेजो नबिग्रने डा. मिश्रले बताए ।





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad