coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आज कानुन दिवस, कामु प्रधानन्यायाधीशद्वारा शुभकामना

काठमाडौं – आज (बुधबार) कानुन दिवस  विभिन्न कार्यक्रम गरी मनाइदै छ। नेपाल प्रधान न्यायलय ऐन २००८ लागू भएको दिनको स्मरणमा प्रत्येक वैशाख २६ मा कानुन दिवस मनाउने गरिन्छ। सर्वोच्च अदालतले कार्यक्रम गरी कानुन दिवस मनाउन लागेको छ।

कानुन दिवसको अवसर पारेर कामु प्रधानन्यायाधीश दीपकराज जोशीले शुभकामना व्यक्त गरेका छन्। सन्देशमा प्रधानन्यायाधीश जोशीले जनतालाई युगसुहाउँदो न्यायसेवा प्रवाह गर्न र मौलिक हक, न्यायमा पहुँच सुनिश्चित गर्नुपर्ने थप्दै उनले न्यायपालिकाको स्वतन्त्रता र व्यावसायिकता अविचलित राख्न आग्रह गरेका छन्। उनले राजनीतिक स्थायित्वको अर्थ स्वतन्त्र न्यायपालिकासँगको सम्झौता नभएको उल्लेख गरेका छन्।

राज्यको कार्यकारिणी, विधायिकी र न्यायिक अधिकार एकै निकायले प्रयोग गर्दै आएका बेला न्यायपालिकालाई कार्यगत स्वतन्त्रता दिइएको दिनलाई कानुन दिवसका रूपमा मनाउँदै आइएको छ।

प्रकाशित: २६ वैशाख २०७५ ००:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App