बेपत्ताको सम्झनाः दशक बित्दा पनि अवस्था उस्तै

सोमबार, १३ भदौ २०७३, १९ : ३२ नागरिक

काठमाडौँ- ‘मैले छोरीलाई धेरै ठाउँमा खोजे, कहाँ जाऊँ कहाँ जाऊँ भयो। छोरी फेला नपारेसम्म हिंडिरहेँ। पाँच वर्ष भौँतारिएपछि छोरी मारिएको ठाउँ फेला पर्यो। फलफूल चढाएँ। कुशबाट छोरी बनाएर संस्कार गरेँ, आज म दोसाँधको चिन्ताबाट मुक्त छु मेरो चिन्ता केही कम भयो, तर न्यायको खोजीमा अझै छु।”

रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी), नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र बेपत्ता परिवार समाज नेपाल (नेफाद) ले अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आज यहाँ संयुक्त रुपमा आयोजना गरेको कार्यक्रमका बीचमा दाङकी भोलाजी चौधरीको यो भनाइ सुनिरहँदा धेरैको मन थामिएन।

उनले जस्तै तत्कालीन सशस्त्र द्वन्द्वका बेला राज्य पक्ष र विद्रोही पक्षबाट बेपत्ता पारिएका करिब दुई हजार आठ सय परिवारको पीडा चौधरीको जस्तै छ । सशस्त्र द्वन्द्वका बेला बेपत्ता आफन्तको अवस्था जान्न लामो समयदेखि प्रतीक्षारत रहे पनि अझैसम्म उनीहरुको अवस्था थाहा नपाउँदा पीडितलाई झनै पीडा थपिँदै गएको आभास सो भनाइबाट पुष्टि हुन्छ।

कार्यक्रममा वक्ताले बेपत्ताको कारण जे जस्तो भए पनि सबै परिवारको पीडा एउटै भएकाले लामो समयदेखि आफन्तको प्रतीक्षारत पीडित परिवारलाई उचित जवाफ दिन एवम् उनीहरुको आवश्यकता सम्बोधन गर्न आग्रह गरिनाका साथै लामो प्रतीक्षापछि गठित ‘बेपत्ता व्यक्तिको छानबिन आयोग’ र सत्य निरुपण तथा मेलमिलाप आयोग’ले अन्तर्राष्ट्रिय मानवीय कानुनानुसार बेपत्ताको अवस्था तथा सत्य निरुपण गर्नुपर्ने बताए।

कार्यक्रममा आइसिआरसी काठमाडौँ नियोग प्रमुख आन्द्रे पाकेले बेपत्ता व्यक्तिको परिवारसँग ऐक्यभाव जनाउन कार्यक्रम आयोजना गरिएको बताए। बेपत्ता व्यक्तिको छानबिन आयोगका अध्यक्ष लोकेन्द्र मल्लिकले आयोगमा दुई हजार ८४६ जनाको उजुरी परेको र अहिलेसम्म दुई हजार ८७० जना बेपत्ता भएको जानकारी आएको बताए। घटना बुझ्न र प्रमाण सङ्कलन गर्न आयोग लागिपरेको बताउँदै उनले पीडित परिवारसँग सहयोगका लागि आग्रह गरे।

बेपत्ता परिवार समाज नेपालका अध्यक्ष रामकुमार भण्डारीले दैनिक रुपमा बेपत्ता परिवारका सदस्य कसरी बाँचेका छन् हेर्न अनुरोध गर्दै बर्षौंदेखि बेपत्ताका परिवारले उठाइरहेका आफन्तजनको अवस्थाबारे प्रस्ट पारिदिन सरकार र आयोगलाई अनुरोध गरे।  दशवर्षीय सशस्त्र द्वन्द्व (२०५२–२०६३सम्म) का क्रममा राज्य तथा तत्कालीन विद्रोही पक्षबाट एक हजार ३३४ जना बेपत्ता भएको बताइएको छ।

कार्यक्रममा ‘अन्तिम बिदाइ’ शीर्षक वृत्तचित्र प्रदर्शन गरिएको थियो। वृत्तचित्रमा द्वन्द्वकालमा बेपत्ता आफ्नी छोरी अन्तिम पटक देखिएकी स्थानसम्मको भावनात्मक यात्रा तय गरेकी एक आमाको कथा तथा बेपत्ता भएका कारणले परिवारले भोगिरहेको पीडा तथा भावनालाई उतारिएको छ।

सो अवसरमा बेपत्ता व्यक्तिका परिवारले बेपत्ता आफन्तको सम्झनामा देशका ३९ जिल्लामा निर्माण गरेका ५९ स्मारक तथा संरचनाको तस्बिर समावेश गरिएको ‘बेपत्ताको सम्झनामा’ नामक तस्बिर पुस्तिका समेत सार्वजनिक गरिएको थियो। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंक लिमिटेडको शाखा बाँकेको कोहलपुरमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बाँकेको कोहलपुरमा शाखा संचालनमा ल्याएको छ। सो शाखाको उद्घाटन कोहलपुर नगरपालिकाका नगर प्रमुखु लुट...

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

ग्राउन्ड सेवा प्रभावकारी बनाउँदै वायुसेवा निगम

नेपाल वायुसेवा निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ सेवालाई थप स्तरीय बनाउन विभिन्न उपकरण खरिद प्रक्रिया अगाडि बढाइएको छ। ...

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकलाई आइ एस ओ सर्टिफिकेट 9001:2015 प्राप्त

सिभिल बैंकको सिभिल ट्रेड सेन्टर, सुन्धारा स्थित कर्पोरेट अफिसमा आयोजित एक कार्यक्रमका बीच आइ एस ओ 9001:2015 को प्रमाणपत्र आइ...

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटाको मनसुन चेकअप क्याम्प र साथमा ऐक्सचेन्ज अफर

टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता, सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले ३ गते सम्म ऐक्सचेन्ज अफर सहितको फ्रि मनसुन चेकअप...

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

अनरको बजेट स्कमार्टफोन नेपाली वजारमा

नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले एक महिना अगाडी सफतापूर्वक बजेट सेगमेण्टको अनर 8A  लन्च गरे लगत्तै...

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

काठमाडौंको ताम्राकार कम्प्लेक्समा सामसङ मोबाइलको सर्भिस् सेन्टर

सामसङ नेपालले हालै काठमाडौंको न्युरोड स्थित ताम्राकार कम्प्लेक्सको तेश्रो तलामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर उच्च स्थरिय सेवा सहितको  शुभारम्भ गरेको...

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

पब्जीजस्ता अनलाइन गेम खेल्दा ल्याग हुन्छ ? यस्तो छ पिंग घटाउने तरिका

स्मार्टफोनमा पब्जी वा अन्य कुनै अनलाइन गेममा खराब इन्टरनेटले र ल्यागले मज्जा नै खराब गर्छ ...

Ncell Footer Ad