८ वैशाख २०८१ शनिबार
समाज

आमा समूहको अगुवाईमा भाडादर समायोजन

मनपरी भाडा उठाएको भन्दै आमा समूहले सडक अवरोध गरेपछि रोकिएका सवारी साधन । तस्विर : नागरिक ।

बागलुङ– यहाँका स्थानीय महिलाहरुले सवारी साधनले मनपरी भाडा असुलेको भन्दै यातायात ठप्प परेका छन्। जिल्लाको सदरमुकाम देखि बानपा—३  हुँदै बानपा—८ सिगाना बौडैचौरसम्म चल्ने यातयातका साधनहरुले भाडादरमा मनोमानी गरेको भन्दै आमा समूहको सक्रियातामा भाडादर घटाउन पहल थालिएको हो। 

वडा कार्यालयले पटक—पटक स्थानीय तह तथा प्रशासनले तोकेको वैज्ञानिक भाडादरमा आउन आग्रह गरेपनि यातयात धनीहरुले जवरजस्ती भाडा असुल्दै आएपछि आमा समुहको सक्रियतामा पहल थालिएको हो। सिगानाको मनमोहन चोकमा सबै सदरमुकाम आउँदै गरेका सबै जीपहरुलाई  रोकेर गाउ“वेसी महिला आय अर्जन आमासमूहको अगुवाईमा प्रतिकिलोमिटरका दरले भाडादर लागु गराउने लिखित निर्णयमा सही गराई  छोडिएको समूहकी अध्यक्ष जमुना जिसीले बताईन्।

‘सवारी साधन सञ्चालन गर्नेहरुले मनपरी भाडा असुलेपछि हामीले यातायात नै अवरुद्ध गरेर भाडादर समायोजनका लागि पहल गर्नुपरेको हो,’ उनले भनिन्, ‘प्रतिकिलोमिटरका दरले भाडा उठाउने लिखीत सम्झौतापछि मात्रै गाडी सञ्चालन गर्न दिएका छौं। किलोमिटरका आधारमा वैज्ञानिक भाडादर कायम गर्न यस अगाडि पनि जिल्ला प्रशासन कार्यालय, बागलुङ नगरपालिकाले अनुरोध गर्दा पनि वैठकमा समेत उपस्थित नभएको हु“दा आमा समूहको अगुवाइमा सम्पूर्ण सिगानावासीको सहयोगमा गाडीलाई रोकेर भाडा समायोजन गर्ने तथा वडा कार्यालयले बोलाएको समयमा उपस्थित हुने गरी गाडीलाई गन्तव्यतर्फ पठाइएको उनले बताईन्। स्थानीय तहले बागलुङ बजारदेखि बौडैचौरसम्म जाने जीपहरुलाई प्रति किलोमिटर १४ रुपैयाँका दरले भाडा निर्धारण गरिसकेको छ।

भाडादर निर्धारण भएको छ महिना  वितिसक्दा पनि भाडा कार्यान्वयन नभएको भन्दै स्थानीयले विरोध गरेका थिए। ‘हामीले पहिले नै भाडादर निर्धारण गरेर छलफलका लागि उहाँहरुलाई बोलाएका थियौं,’ बानपा—८ सिगानाका वडाध्यक्ष राजन जिसीले भने, ‘अटेर गर्दै आउनुभएको थियो, हामीले कारबाहीको प्रक्रिया पनि अगाडी बढाउने तयारीमा थियौं,’ अध्यक्ष जिसीले भने, ‘आमा समूहले अगुवाई गरेर भाडादर लागू गराउने काम भएको छ। यो निकै राम्रो प्रयास हो।’ वडा र नगरपालिका कार्यालयबाट भएको प्रयास कार्यान्वयनका लागि स्थानीय स्तरबाट भएको सहयोगप्रति उनले खुशी व्यक्त गरे। ‘हामी जनप्रतिनिधिले काम गर्ने स्थानीयको सहयोगमा नै हो,’ उनी भन्छन्, ‘हाम्रो निर्णयलाई लागू गराउनका लागि स्थानीयले खेलेको भूमिका प्रशंसनीय छ।’ गाडी व्यवसायीहरुको मनोमानी आफूखुसी भाडादरका कारण यात्रुहरुले चर्को मुल्य तिर्न बाध्य समेत भएको समयमा आमासमुहले गरेको काम राम्रो भएको स्थानीयहरुले बताएका छन्।

 ‘जम्मा १३—१४ किलोमिटर दुरीमा सवारी साधनले तीन सय रुपैयाँ भन्दा बढि भाडा असुल्दै आएका थिए,’ स्थानीय सुवास गौतमले भने,‘आमा समूहले राम्रो काम गरेछ। हामीलाई पनि राहत हुने भो।’ प्रतिकिलोमिटरका दरले भाडा तिर्दा बौडैचौरसम्म पुग्दा एक सय ८२ रुपैयाँ लाग्ने गर्दछ। व्यवसायीहरुले भने तीनसय भढी भाडादर असुल्दै आएका छन्। उक्त क्षेत्रमा २३ वटा पीक अप र मार्सलले सेवा दिइरहेका छन्।

प्रकाशित: २५ वैशाख २०७५ १५:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App