coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भीओआइपी सञ्चालन गर्नेहरु पक्राउ

काठमाडौं- अवैध रुपमा भीओआइपी सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानरपालिका ९ स्थित स्टार गेज होटेलको कोठा नम्बर ३०४ र काठमाडौं कागेश्वरी मनहरा ७ शान्तीदीप टोलस्थित भोलाराज गौतमको घरमा अवैध भीओआइपी संचालन गर्ने २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी)ले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा भारतीय नागरिक २४ वर्षिय विवेक शुक्ला र सिन्धुली सुनकोशी गाउँपालिका ६ का २५ वर्षिय लालबहादुर मगराती रहेका छन्।

पक्राउ परेका मगराती भने यसअघि पनि सोही प्रकरणमा पक्राउ गरी १८ महिना जेल भुक्तान गरीसकेको व्यक्ति हुन भने भारतीय नागरिक विवेक शुक्लाले बर्दिया को गुलरीयामा केही महिना भीओआइपी संचालन गरी काठमाडौंलाई कार्यक्षेत्र बनाएका थिए।

प्रहरीले हालसम्म अवैध भीओआइपी विरुद्ध १०२ स्थानहरुमा भएको कारवाहीमा १ सय २६ नेपाली र ३२ जना विदेशीलाई गरिसकेको छ । प्रहरीका अनुसार हालसम्म विभिन्न दुर संचार सेवा प्रदायक कम्पनीहरुका २२ हजार ७ सय १३ थान सीम कार्डहरु बरामद गरिसकेको छ । पक्राउ परेका बिरुद्ध ११ अर्ब ९० करोड ३६ लाख ६२ हजार ३ सय ५४ बिगो मागदाबी लिई अदालतमा मुद्दा दायर गरेको थियो।

पक्राउ परेकाहरु विरुद्ध प्रहरीले दुरसञ्चार ऐन, २०५३ को दफा ४७ को उपदफा ५ अनुसार मुद्दा दायर गर्ने सिआइवीले जनाएको छ । सो दफा अनुसार कुनै व्यक्तिले बद्नियतसाथ दुरसञ्चार लाइन, दुरसञ्चार प्रणाली वा यससँग सम्बन्धित अन्य संरचना वा उपकरणमा प्रतिकुल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानी नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा अपराध गरेको ठहर्ने उल्लेख छ । सो ऐन अनुसार यस्तो अपराध भएमा वा गरेमा ऐनको सोही दफा अनुसार नै हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा ५ वर्ष सम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।

नेपाल टेलिकम, एनसेल, युटिएल, सिजी टेलिकम, स्मार्ट टेल र नेपाल स्याटेलाइट टेलिकमले मात्र नेपालमा अन्तर्राष्ट्रिय गेटवेको अनुमति प्राप्त गरेका छन्। ती कम्पनीहरु बाहेक अन्य व्यक्ति वा समूहले अन्र्तराष्ट्रिय गेटवे प्रयोग गरे अपराध मानिन्छ।

प्रकाशित: २५ वैशाख २०७५ १३:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App