coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कुम्मायक–कुसायक गोल्डकपः उपाधिका लागि काठमाडौंका दुई क्लब भिड्ने

कुम्मायक–कुसायक गोल्डकप सञ्चालन भइरहेको पृथ्वी माविको खेलमैदान। तस्बिरः नागरिक

पाँचथर – पाँचथरको कुम्मायक गाउँपालीमा स्थित यासोकमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण कुम्मायक–कुसायक गोल्डकपको उपाधिका काठमाडौंका दुई क्लब सुन्धारा स्पोर्टिङ र चर्च ब्वाईज भिड्ने भएका छन्। 

पृथ्वी मावि यासोकको खेलमैदानमा आज सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा एकता क्लब मोरङलाई ४–१ ले हराउदै चर्च ब्वाईजले उपाधिका लागि सुन्धारा स्पोर्टिङ क्लबसँगको भेट पक्का गरेको हो। चर्च ब्वाईजको जितमा निरज बस्नेतले ह्याट्रिक गर्दा भुवन बस्नेतले अर्को गोल थपे। यता पराजित टोलीका लागि सौजन याख्खाले सान्तवना गोल फर्काए।

यसअधि सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक टोलीलाई ८–० को फराकिलो गोलअन्तरले पराजित गर्दै सुन्धारा स्पोर्टिङ क्लब फाइनलमा प्रवेश गरेको थियो। प्रतियोगितामा निक्कै सहज जित निकाल्दै फाइलनमा पुगेका दुई टोलिबीचको भेट निक्कै प्रतिस्पर्धी हुने अनुमान गरिएको छ।

चर्च ब्वाईजबाट  निरोज बस्नेत, सुर्य अधिकारी, नविन गुरुङ, रमेश राजवंशी, उमेश कार्की, शुशिल राई, भुवन बस्नेत जस्ता खेलाडी छन्। यता सुन्धाराबाट कर्ण लिम्बु, खमिर गिल्सन कन्दङवा, किशोर गिरी , विशाल राई, देवेन्द्र तामाङ, हेमन्त थापा, पुष्प मादेन,पुजन उपरकुटी जस्ता खेलाडी छन्। दुबै टिमले उपाधि जित्ने दाबी गरेका छन्।

त्रिशाली मेलाको अवसरमा रानीगुफा सेवा समाजले आयोजना गरेको प्रतियोगिताको विजेताले ३ लाख ११ हजार १ सय ११ रुपैयाँ तथा उपविजेताले १ लाख ५५ हजार ५ सय रुपैयाँ, ट्रफी मेडल प्राप्त गर्नेछन्। फाइनल खेललाई भव्यतापूर्वक सम्पन्न गर्नका लागि प्रयास भईरहेको आयोजक क्लबका सचिव टंक पौडेलले बताए। फाइनल खेल बुधबार हुनेछ।

प्रकाशित: २५ वैशाख २०७५ ११:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App