७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजनीतिक अस्थिरताले देशको विकास हुन सकेन: मुख्य मन्त्री गुरुङ

लमजुङ – प्रदेश–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिजोका दिनमा राजनीतिक अस्थिरताले देशको विकास हुन सकेको थिएन तर अब राजनीतिक अस्थिरता सकिएकाले विकासको ढोका खुलेको बताएका छन्।

गृहजिल्लामा तमुह्युला छोँज धी लमजुङ शाखाद्वारा आज आयोजित एक कार्यक्रममा उनले भने,“ अहिले सिंहदरबारको शक्ति, गाउँ गाउँसम्म पुगेकाले स्थानीय सरकारले गाउँको अवश्यकता पहिचान गरी विकासको गति अघि बढाउन सक्छ, त्यसका लागि प्रदेश सरकार र संघीय सरकारले सहयोग गर्नुपर्छ।”

मुख्यमन्त्री गुरुङले सात वटै प्रदेशमा बहुमतसहितको सरकार बनेको र संघीय सरकार पनि दुईतिहाइ बहुमतको भएकाले सरकार परिवर्तन गर्ने खेल सकिएको बताए। उनले स्थिर सरकार भएकै कारण विकासको वातावरण सिर्जजा भएकाले सबै मिलेर मुलुकको विकासका लागि दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए।

प्रदेशसभाका लागि लमजुङबाट निर्वाचित गुरुङ मुख्यमन्त्री भएपछि जिल्लास्थित तमु ह्युला छोँजधिलगायत गुरुङ समुदायका विभिन्न आमा तथा बुबा समूहले अभिनन्दन गरिएको अध्यक्ष ठाकुरप्रसाद गुरुङले बताए।    (रासस)

प्रकाशित: २५ वैशाख २०७५ ०८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App