coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पानीमा डुबेर दुई बालिकासहित तीन जनाकाे मृत्यु

रौतहट- रौतहटको राजपुर नगरपालिकामा पानीमा डुबेर दुईजना वालिकाको ज्यान गएको छ । स्थानीय वडा नम्बर ६ कुडियाटोलकी ७ वर्षीया अनिजा खातुन र ६ वर्षीया सुनैया खातुनको गाउँ नजिकै रहेको अरुवा खोलामा नुहाउने क्रममा पानीमा डुवेर ज्यान गएको हो ।  

घरबाट सोमबार दिउँसो साथीहरुसँग गाउँ नजिकैको खोलामा नुहाउन गएका थिए । दिउँसै घरबाट खोलातर्फ गएकी बालिका बेलुकीसम्म घर नर्फिदा अभिभावकले उनीहरुको खोजीकार्य सुरु गरेको  थियो ।

आफन्त र स्थानीयले बालिका खोज्न खोलामा गएपछि दुवैजना बालिकाको पानीमा डुबेर मरेको अवस्थामा शव भेटिएको थियो । मृतक बालिकाको शव पोस्टमार्टमको लागि मंगलबार जिल्ला अस्पताल गौरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक मनोज यादवले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको र पोस्टमार्टम पश्चात बालिकाको शव अन्तिम संस्कारका लागि परिवारजनाको जिम्मा लगाउने बताएका छन् । 

त्यस्तै भोजपुर संबाददाता एक्सन राईका अनुसार भोजपुर नगरपालिका –६ देउरालीमा सेफ्टी टयाङ्कीमा डुवेर एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–९ काफ्ले घर भई फुपुको घरमा बस्दै आएका ४२  वर्षीय शिव कुमार वस्नेत रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोमबार स्थानीय प्रशुराम राईको सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा सोही ट्याङ्कीमा झरेका वस्नेतको उपचारको क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको हो । ट्याङकी झरी अचेत अवस्थामा रहेका बस्नेतलाई स्थानीयले तत्काल उद्धार गरी अस्पताल पु¥याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । 
 

प्रकाशित: २५ वैशाख २०७५ ०८:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App