८ वैशाख २०८१ शनिबार
समाज

लोभमा परेर सुन खरीद गर्दा व्यापारी नै ठगिने क्रम बढ्दो

इटहरी– अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा उतारचढाव हुने क्रममा एक वर्षअघि चाँदीमा सुनको जलप लगाएर नक्कली सुनको कारोबार गर्ने गिरोहमा संलग्न ६ जनालाई इटहरीबाट प्रहरीले पक्राउ ग¥र्यो।

प्रहरीले इटहरी तथा आसपासका क्षेत्रका सुन पसलमा नक्कली सुन बिक्री गर्नेमध्ये झापा केराबारीका रोहनबुद्धि बेसरा, अनारमनीका सुजर लामा, गौरदाहका सन्तोष टुडु, काँकडभिट्टाका दीपक थापा, धरमपुरका सन्तोष लामिछाने र मोरङ् याङ्सिलाका सुरज धमलालाई पक्राउ गरेको थियो।

त्यो समूहले सुन व्यापारीलाई नै सस्तो मूल्यमा सुन बिक्री गर्ने क्रममा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका सवैलाई प्रहरीले ठगीमा मुद्दा चलाएर पुर्पक्षका लागि कारागार चलान भएर कैद सजाय भुक्तान गरी छुटिसकेका छन्।

ठगी गर्ने गिरोहसँग सस्तोमा पाएर लोभिँदा पूर्वका सुनचाँदी व्यवसायी ठगिने क्रम बढ्दो छ। सुनचाँदीको गहनाबाहेक काँचो सुन बजार मूल्यभन्दा सस्तोमा पाएर किन्दा व्यवसायी ठगिने क्रम बढ्ेको हो।
यसरी सस्तो सुन किन्न लोभमा पर्दा मोरङ बेलबारीकै सुनचादी व्यवसायी डम्बर विश्वकर्माको बीस लाख रुपैयाँ ठगी गर्ने गिरोहमा संलग्नलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएकोमा पाँच लाख रुपैयाँ धरौटी तिरेर छुटेका छन्।

काँचो सुन कारोबारी गर्ने झापा शरणमती वडा नं. ५ घर भइ भक्तपुर बस्दैं आएका ६१ वर्षीय धनपति भट्टराईसँग दस तोला सुन विश्वकर्माले खरीद गरे। भट्टराईले विश्वकर्मासँग आफू सुनको होलसेल कारोबारी भएको र पूर्वका धरान र विराटनगरका ठू–ठूला पसलमा दिने गरेको सुनाउँदा पहिलोपटकै विश्वासमा परेर सुन खरीद गरेका थिए। विश्वकर्मा ठगिएपछि प्रहरीले भट्टराईलाई तिलगंगा आँखा अस्पताल काठमाडौंमा आँखा उपचार गर्न लाइनमा बसिरहेका बेला पक्राउ गरी ठगी मुद्दा चलाएकोमा धरौटीमा छुटेका हुन्।

काँचो सुन ठगी गर्ने गिरोह देशभर नै सक्रिय रहेको बेला इटहरी प्रहरीले पनि साउन पहिलो साता मोरङ उर्लावारी वडा नं. १ का ४३ वर्षीय राजकुमार श्रेष्ठ, उनका दाजु उर्लाबारीकै ४९ वर्षीय सन्तोष श्रेष्ठ र सुनसरी ववियाविर्ताका संजु शर्मालाई पक्राउ गरी मुद्दा दर्ता गरेको  थियो। तिनैजना अहिले पुर्पक्षका लागि कारागार चलान भएका छन्।

कारागार चलान भएका मध्ये राजकुमारले सज्जन, भलादमी र भद्र व्यक्ति नै चोरी गरेको सामान सस्तोमा खरीद गर्न मरिहत्ये गर्ने गरेका बताएका छन्। उनी चोरी गरी ल्याएको भन्दाभन्दैं समाजका प्रतिष्ठित व्यक्ति नै सामान किन्ने गरेको बताउँछन्।

नयाँ नयाँ उपाय अप्नाएर ठगी गर्ने क्रममै आइतबार पनि इटहरी वडा नं. ५ बाट प्रहरीले एक जना भारतीय नागरिक पक्राउ गरेको छ। इटहरी वडा नं. ५ कै कृष्णमाया गौतमको घरमा दुई जना भारतीयले सुन सफा गर्ने वाहनामा सुन खियाएर कागजमा राखेर ठगी गर्नेमध्ये भारत विहार अररियाका २५ वर्षीय बलराम साहलाई पक्राउ गरी मुद्दा चलाएको  छ। उनलाई ठगीमा मुद्दा चलाएको डिएसपी नरेशराज सुवेदीले बताए।

उनका अनुसार गौतमको सुन कागजमा खियाएर लिएर हिड्ने भारत विहारको अररियाका ३५ वर्षीय राजु साहको भने खोजी भइरहेको छ। यसरी सुनसरी र मोरङमा सुनमा ठगी गर्ने गिरोह नयाँ–नयाँ उपाय अप्नाएर सक्रिय रहेको छ।

 

प्रकाशित: १३ भाद्र २०७३ १२:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App