७ वैशाख २०८१ शुक्रबार
समाज

२७ जनाको बयान सकियो

विराटनगर – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकामध्ये २७ जनाको बयान सकिएको छ। घटनामा संलग्न आशंकामा पक्राउ परेका ३० जनामध्ये सोमबारसम्म २७ जनाको बयान सकिएको जिल्ला अदालत मोरङले जनाएको छ।

अदालतका श्रेस्तेदार नवराज दुलालका अनुसार टेकराजमल्ल ठकुरी, मदनप्रसाद घिमिरे, नरेन्द्र कार्की, लाक्पा शेर्पा, राजन कुमार, भुजुङ गुरुङ, राजेन्द्रकुमार शाक्य, महावीरप्रसाद गोल्यान अग्रवाल, लालबहादुर मगर, बालकृष्ण संजेल, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर प्रसाद तोलाङगे, बालकृष्ण श्रेष्ठ र दोराम खत्रीको बयान सकिएको हो। यस्तै कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, राजन थापा, अमरमान डंगोल, तुलाराम थारू, पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसपी विकासराज खनाल, हवल्दार अमरबहादुर थापा मगर र जवान विष्णुबहादुर खड्कास“गको बयान सकिएको दुलाले जानकारी दिए।

अब प्रहरीका बहालवाला उच्च अधिकारीहरू एसएसपी दिवेश लोहनी तथा डिएसपीद्वय प्रजित केसी र संजय राउतको बयान लिन बाँकी छ। उनीहरूको बयान आज सकिने संभावना रहेको दुलाले बताए। सुन तस्करी प्रकरणको मुद्दा न्यायाधीश नारायणप्रसाद शर्माले हेरिरहेका छन्। बयान लिने क्रम सकिएपछि अदालतमा बहस सुरू हुनेछ। सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक श्यामबहादुर खत्री, सुन तस्करका नाइके मानिएका चूडामणि उप्रेती ‘गोरे’ सहित ३३ जना अझै फरार छन्।

प्रकाशित: २५ वैशाख २०७५ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App