८ वैशाख २०८१ शनिबार
खेल

आयोजक सेमिफाइनलमा

काठमाडौं – टोखा नगरपालिकालाई ६९–५२ को स्कोरमा पराजित गर्दै आयोजक कीर्तिपुर नगरपालिका सोमबार समूह ‘बी’ को विजेताका बन्दै प्रदश नम्बर ३ अन्तरनगरपालिका प्रथम मेयर कप बास्केटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

पहिलो क्वार्टरमा २०–१० स्कोरको अग्रता लिएको कीर्तिपुरले दोस्रो क्वार्टरमा पनि १२–१० स्कोरको अग्रता लियो । तेस्रो क्वार्टरमा भने टोखाले कीर्तिपुरलाई १५–१२ को स्कोरमा पछि पार्याे । चौथो क्वार्टर २५–१७ को स्कोरमा अग्रता लिँदै कीर्तिपुरले जित पक्का गर्याे। 

जितसंगै कीर्तिपुर समूह ‘बी’ को विजेता बन्यो । कीर्तिपुरका लागि सिद्धार्थ महर्जनले २० अंक जोडे।

उक्त खेलसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलका खेल बिहीबारबाट हुनेछन् । सेमिफाइनलमा कीर्तिपुरको भेट दक्षिणकाली नगरपालिकासँग हुनेछ । अर्को सेमिफाइनलमा भक्तपुर नगरपालिकाले बुढानीलकण्ठको सामना गर्नेछ।

प्रकाशित: २५ वैशाख २०७५ ०४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App