coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशुली बस दुर्घटनास्थलदेखि ३० किमी तल्लो तटमा २ शव फेला

रौतहट– नारायण–मुग्लिन सडक खण्डअन्तर्गत चितवनको चण्डिभञ्ज्याङ–६, कालिखोला नजिक त्रिशुली नदीमा गत शुक्रबार भएको बस दुर्घटना स्थलबाट करिब ३० किलोमिटर दक्षिणतर्फ २ ओटा शव फेला परेको छ।

मध्यमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख पशुपति उपाध्यायले दिएको जानकारी अनुसार उक्त दुर्घटनामा हराएका व्यक्तिहरुको शव खोज्ने र निगरानी गर्ने क्रममा नारायणी नदीमा दुई शव फेला परेको हो।

केही दिनअघि स्थानीय ३ जना पनि नदीमा बेपत्ता भएको र बस दुर्घटनाका वेपत्ताको पनि शव नभेटिएकोले उक्त शव कुन दुर्घटनाको वा कसको हो भन्ने विषयमा अनुसन्धान भएरहेको उनले जानकारी दिए।

बस दुर्घटनामा मृत्यु भएका २२ जनाको शव फेला परेको र अझै केही हराइरहेका छन्। १६ जना घाइते छन्। 

प्रकाशित: १३ भाद्र २०७३ १२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App