coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

फाइनलमा एपिएफ र पुलिस

काठमाडौं – साबिक विजेता सशस्त्र प्रहरीको एपिएफ क्लबले शुक्रबार शिभम् न्यु डायमन्ड एकेडेमीलाई ३–१ को सेटमा हराउँदै शेरबहादुर खड्का स्मृति केएनपी जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

लगातार चौथो पटक उपाधि उचाल्ने लक्ष्यमा रहेको एपिएफले मंगलबार अर्को विभागीय टोली नेपाल पुलिस कलबसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल पुलिस क्लबले पश्चिमाञ्चल भलिबल संघलाई हराउँदै फाइनल भिडन्त पक्का गरेको हो । नियमित लिफ्टर कृपा अधिकारी नहुँदा कमजोर प्रदर्शन गरेको न्यु डायमन्ड एकेडेमी एपिएफसामु निरीह बन्यो ।

न्यु डायमन्ड बाहिरिएसँगै प्रतियोगिताको फाइनलमास नयाँ टोली पुलिसले स्थान बनाएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कवर्ड हलमा गत वर्ष फाइनल खेलेको न्यु डायमन्डले पहिलो सेट गुमाए पनि दोस्रो सेटमा पुनरागमन गरेका थिए । तर, बाँकी सेट जित्न नसक्दा एपिएफले फाइनल पक्का ग¥यो । एपिएफ र न्यु डायमन्ड एकेडेमी गत संस्करण फाइनल खेल्ने टोली हुन्।

एपिएफले पहिलो सेट २५–१८ ले जित्यो । दोस्रो सेटमा पुनरागमन गर्दै न्यु डायमन्डले २१–२५ को नतिजा निकाल्दै १–१ को बराबरी ग¥यो । त्यसपछिका बाँकी सेट भने एपिएफले जित्यो । तेस्रो सेटमा २५–१० को सहज नतिजा निकालेको एपिएफले चौथो सेटमा भने संघर्ष गर्नुपरेको थियो । चौथो सेट एपिएफले २५–२३ ले जित्दै लगातार चौथो पटक फाइनलमा स्थान बनायो । न्यु डायमन्ड बाहिरिएसँगै प्रतियोगिताको फाइनलमा एउटा नयाँले स्थान बनाएको छ । यसअघिका तीन सस्ंकरणको फाइनलमा न्यु डायमन्ड र एपिएफले प्रतिस्पर्धा गरेका थिए।

न्यु डायमन्डले पहिलो खेल हारे पनि दोस्रो खेलमा जावलाखेल युथ क्लबलाई हराउँदै समूह ‘बी’ को उपविजेता बन्दै अन्तिम चारमा स्थानमा बनाएको थियो । सत प्रतिशत नतिजा निकालेको एपिएफ समूह ‘ए’ को विजेता हो । कृपा नेपाली सेनामा अनुबन्ध भएपछि न्यु डायमन्डले स्वाभाविक प्रदर्शन गर्न सकेको थिएन । समूह ‘बी’ मा उपविजेतामा सीमित भएपछि न्यु डायमन्ड र एपिएफसँगको भेट सेमिफाइनलमै सम्भव भएको हो।

प्रतियोगितामा पहिलो पटक फाइनल पुग्ने क्रममा नेपाल पुलिस क्लबले सोमबार पश्चिमाञ्चल भलिबल संघमाथि ३–० को नतिजा निकालेको हो । पश्चिमाञ्चललाई सोझो सेटमा हराउने क्रममा पुलिस क्बलले २५–१९, २५–१५, २५–२२ को नतिजा निकालेको हो । नेपाल पुलिस क्लब समूह ‘बी’ को विजेता टोली हो भने पश्चिमाञ्चल समूह ‘ए’ को उपविजेता हो।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले १ लाख रुपैयाँ जित्नेछ । तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ नगद पाउनेछन् । विधागत रूपमा (ब्लकर, क्विकर, सर्भर, डिफेन्स, लिब्रो, प्रशिक्षक) उत्कृष्ट हुने खेलाडीले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रभावशाली प्रदर्शन गरे पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई आयोजकले १० हजार रुपैयाँ नगद पुरस्कार दिने जनाएको छ।

प्रकाशित: २५ वैशाख २०७५ ०४:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App