७ वैशाख २०८१ शुक्रबार
समाज

उदयपुरका सहकारी स्थानीय तहलाई हस्तान्तरण

गाईघाट- संघीयता कार्यान्वयन भएसँगै उदयपुर जिल्लामा पनि पहिलो पटक सोमबार एक औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरले जिल्लाका आठवटा सहकारी संस्था स्थानीय तहलाई हस्तान्तरण गरेको छ।

जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रमबीच जिल्ला सहकारी डिभिजन कार्यालयले जिल्लाका आठवटा स्थानीय तहहरुका प्रमुख तथा उपप्रमुखको उपस्थितिमा सहकारी संस्था र तिनको सञ्चालन गर्ने अधिकार हस्तान्तरण गरेको सहकारी डिभिजन कार्यालय, उदयपुरले बताएको छ।

हाल जिल्लामा ३२२ सहकारी संस्था सञ्चालन हुँदै आएकोमा तीमध्ये २९२ स्थानीय तहलाई हस्तान्तरण गरेको जिल्ला सहकारी डिभिजन कार्यालय उदयपुरका प्रमुख अधिकृत जितमान जिमीले बताए।उक्त संस्थामध्ये त्रियुगा नगरपालिकालाई १०६ वटा, लिङचुङबुङ गाउँपालिकालाई छवटा, कटारी नगरपालिकालाई ५७ वटा हस्तान्तरण भएका छन्।

अन्य स्थानीय तहमा बेलका नगरपालिकालाई २५, रौतामाई गाउँपालिका ३० उदयपुरगढी १४, ताप्ली गाउँपालिका १० र बाँकी प्रदेशलाई हस्तान्तरण गरिएको पनि सहकारी डिभिजन कार्यालय उदयपुरले बताएको छ।स्थानीय तहका प्रमुखलाई सहकारी सञ्चालन गर्ने फायल कागजपत्रसहित अधिकारसमेत प्रत्यायोजन गरिएको सहकारी डिभिजन कार्यालयका प्रमुख जिमीले बताए।

यसअघिनै जिल्लामा महिला विकास, पशुसेवा कार्यालय जनस्वास्थ्य कार्यालयसहितका केही सरकारी कार्यालय स्थानीय तहमा आइसकेका छन् ।उक्त सहकारी हस्तान्तरण कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णु कार्की, जिल्ला समन्वय समितिका अध्यक्ष खड्ग परियारसहितका पदाधिकारीको समेत उपस्थिति रहेको थियो। रासस

प्रकाशित: २५ वैशाख २०७५ ०४:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App