७ वैशाख २०८१ शुक्रबार
अर्थ

गरिमा - रिलायबल बैंकान्स्योरेन्स सम्झौता

काठमाडौं–गरिमा विकास बैंक लिमिटेड र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी बीच बैंकान्स्योरेन्स सम्झौता भएको छ । सोमबार एक कार्यक्रमकाबीच सम्झौता भएको हो।

सम्झौता पत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र  रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।सो सम्झौता पश्चात गरिमा विकास बैंकका ग्राहकहरुले ५७ वटा शाखा कार्यालयबाट रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रकाशित: २५ वैशाख २०७५ ०२:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App