८ वैशाख २०८१ शनिबार
अर्थ

विशेष अार्थिक क्षेत्र (सेज) विधेयक पारित

काठमाडाैं– व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ।

विधेयक पारित गर्नुअघि वैठकमा उठेका प्रश्नको जवाफ दिदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन उक्त विधेयक ल्याईएको बताए।

व्यवस्थापिका संसद्मा उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको प्रतिवेदन सहितको विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ माथि छलफल गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफलमा केही सांसदहरुले भाग लिएका थिए।

सम्झौतामाथि छलफल र अनुमोदन

“व्यवस्थापिका–संसद्ले ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युत्) माथि छलफल गरियोस्” भन्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ।

यसअघि बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले ऊर्जा सङ्कट समाधान गर्न, उत्पादित विद्युत् वर्षायाममा निर्यात गर्नसमेत योगदान होस् भनेर प्रस्ताव ल्याइएको हुँदा यसलाई समर्थन गर्न आग्रह गरेका थिए।

संसद्को अर्काे बैठक भोलि भदौ १४ गते दिनको २ बजे बस्नेछ। रासस

प्रकाशित: १३ भाद्र २०७३ १०:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App