७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

‘काठमाडौं महानगरपालिकाको मेयर चाहेर पनि हुन पाइन’

रञ्जु दर्सना

नेता नबनेको भए के बन्नुहुन्थ्यो ?

मलाई फिक्सन लेख्न धेरै मन पर्छ । त्यसका लागि म सानोमा प्राक्टिस पनि गर्थेँ, सायद नेता हुनेतर्फ नलागेको भए साहित्यकार पो बनिन्थ्यो कि ।

नेता बन्नुको कारण के हो ?

ममा सानैबाट देशका लागि केही गर्नुपर्छ भन्ने भावना थियो । परिवर्तन गर्नका लागि राजनीति नै महत्वपूर्ण कुरा हो । राजनीतिबाटै सबै कुरा गर्न सकिन्छ भन्ने लाग्यो र यतातिर लागेकी हुँ ।

सानै उमेरमा नेता बन्नुभयो । यसैका कारण के कुराको मिस गरेँ जस्तो लाग्छ ?

कति धेरै कलेजको टुर मिस गरेँ । साथीहरुले यो त नछुटाउ है भन्छन् । मिटिङ त्यही दिनमा पर्छ । पार्टीकै काममा धेरै ध्यान दिनुपर्छ । पार्टीमा लागेकैले साथीभाइका जमघट पनि धेरै मिस गर्छु ।

तपाईं आफैँले गरेको मन परेको भाषण ?

चुनाव अघि नयाँ बानेश्वरमा मैले गरेको भाषण आफैँलाई राम्रो लाग्यो किनभने त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान  आयोगका प्रमुख लोकमानसिंह विरुद्धको आन्दोलन थियो जसमा मैले भनेकी थिएँ, ‘कानुनभन्दा माथि कोही पनि छैन, यदि केही छ भने त्यो कानुनको शब्दमा लाग्ने धर्काे मात्र हो ।’ अनि अर्काे कुरा एउटा भाषण थियो, कुनै पनि तहमा बस्नेले सके सफा गरौं, नसके फोहोर नगरौं । यी दुई भाषण मलाई खुबै मन पर्छ ।  

तपाईंलाई के देखी डर लाग्छ ?

मलाई झुसिलकीरादेखि धेरै डर लाग्छ । पहिले–पहिले त हेर्न पनि सक्दिनथेँ, आजभोलि हेर्नसम्म सक्छु ।

जागिर खानुभएको छ ?

मैले अफिसियल्ली काम गरेको भनेको २०६९ सालमा कम्प्युटर एजुकेसन सेन्टरमा मार्केटिङ भएर काम गरेकी थिएँ ।

राजनीति गर्ने मान्छे, पैसा कसरी कमाउने विचार छ ?

पछिको कुरा त छँदैछ । अहिले त मैले सेलरोटी बनाउने काम गर्छु । यसलाई कम्पनीकै रूपमा विस्तार गर्ने योजना छ ।

सेलरोटी बनाउने विचार कसरी आयो ?

ममीले पकाउनुहुन्थ्यो । यसलाई नै व्यावसायिकरूपमा लैजाने हो भने ममी पनि खाली बस्नुनपर्ने, मेरो पनि काम हुने त्यही भएर ।

खर्च कसरी ब्यालेन्स गर्नुहुन्छ ?

गरिन्छ नै आफूले कति खर्च गर्ने भन्ने कुरामा भर पर्छ ।

जुन दिन तपार्इं अति रमाउनुभयो ?

प्रायः सबै दिन रमाइलो लाग्छ । वन्जीजम्प हान्दा भने असाध्यै रमाइलो लागेको थियो ।   

नरमाइलो लाग्ने दिन ?

जब एक्सिडेन्ट भएको समाचार सुन्छु तब मलाई नरमाइलो लाग्छ ।

तपाईंलाई के कुरामा चित्त दुख्छ ?

कसैले काठमाडौंको बारेमा नराम्रो कुरा ग-यो भने साह्रै चित्त दुख्छ। अस्ति पोखरा गएकी थिएँ, एकजना आन्टीले काठमाडौंका मान्छे श्वास फेर्न पोखरा आउँछन् भन्नुभयो मेरो मन चसक्क भयो।

प्रधानमन्त्री बन्नुभयो भने के गर्नुहुन्छ ?

अहिले नै यो गर्छु भनेर म भन्दिन । त्यति बेला जे आवश्यक पर्छ त्यही गर्छु । विशेष गरेर युवालाई पुस गर्छु ।

यति राम्रो मान्छे मोडलिङ गर्न मन लागेन ?

अहँ लागेन, त्यतातर्फ मेरो ध्यानै गएन । म जुन काम गर्छु त्यसमा शत प्रतिशत ध्यान दिनुपर्छ भन्ने विश्वास राख्छु र गरेको काममा दिन्छु पनि । मलाई ग्लामर क्षेत्र खासै मन पर्दैन ।

बिहे कहिले गर्ने ?
था छैन

अफेयरमा हुनुहुन्छ ?
नखुलाउँ ।

किन ?
अहिले बेला भएको छैन ।

कस्तो जीवनसाथीको अपेक्षा राख्नुभएको छ ?
मेरो जीवनसाथी साथी जस्तै होस् भन्ने अपेक्षा छ । किनभने साथीहरुसँग सबै इमोसन खुलाउन सकिन्छ । धेरै बेर इमोसन लिएर बस्न पनि सकिन्न । जीवनसाथी जस्तो कुरा देखाउनकै लागि मात्र मिल्ने कुरा पनि भएन । एक अर्कालाई बुझ्ने, मित्रतापूर्ण व्यवहार गर्ने हुनुपर्छ ।

तपाईंको गोप्य कुरा ?

म भेजिटेरियन हो । अनि म प्रायः मेडिटेसन पनि गर्छु ।

तपाईंले चाहेर पनि हुन नसकेको कुनै कुरा ?

त्यो त काठमाडौं महानगरपालिकाको मेयर ।

गर्न नसकेको अधुरो काम ?

काठमाडौंसँग सम्बन्धित रिसर्चहरु भएको छैन । मलाई ऐतिहासिकदेखि अहिलेसम्मको कुराबारे गर्न मन छ तर गर्न सकिरहेकी छैन ।

तपाईं आफूभित्र के शक्ति छ ?

म अरूलाई कन्भिन्स गराउन सक्छुजस्तो लाग्छ ।

तपार्इं आफ्नो कुन बानी मन पर्छ ?

म छिटो रियाक्सन देखाउँदिन यो बानी आफैँलाई सुन्दर लाग्छ  ।

आफ्नो कुन बानी नराम्रो लाग्छ ?

घनिष्ठ मित्रहरुलाई समय दिन सकेकी छैन । समय व्यवस्थापन गर्न नसक्ने बानी अलि मन पर्दैन ।

तपार्इंलाई के–के गर्न मन पर्छ ?

मलाई पुस्तक पढ्न एकदमै मन पर्छ । मैले अहिले निलम कार्की निहारिकाको ‘योगमाया’ पढ्दै छु । त्यस्तै नाटक, मुभीहरु पनि हेर्न मन पर्छ ।

आफूले गरेको कुन काम बेला–बेलामा सम्झिनुहुन्छ ?

टाउको चिल्लै बनाएको कुरा । खासमा मेरो कपाल लामो थियो । ममी र हजुरआमालाई कपाल काट्छु भनेर सोधें, उहाँहरुले हुन्छ भन्नुभयो, मैले पूरै खौरिएर आएँ । ममी हाँस्नुभयो, यो कुरा बेला–बेलामा सम्झिएर हाँसो उठ्छ ।

कपाल खौरिँदा कस्तो महसुस भयो ?

मलाई त एकदम आनन्द, शान्त भयो । एकचोटी सबैलाई कपाल खौरिन सुझाव दिन्छु ।

कपाल खौरिएपछिको स्मरणीय क्षण ?

एकजनाले आएर मुखै अगाडि नराम्रो गाली गर्नु भयो ।

प्रस्तुति : प्रजु पन्त

प्रकाशित: २४ वैशाख २०७५ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App