खानेपानी पूर्वाधार निर्माणमा अमेरिकाले सहयोग गर्ने

सोमबार, २४ बैशाख २०७५, १७ : २६ नागरिक

काठमाडौं– खानेपानी मन्त्री बिना मगरलाई भेटेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बी टेप्लिट्जले आपसी सहकार्यका विषयमा छलफल गरेकी छिन्।

खानेपानी मन्त्रालयमा गरिएको भेटवार्तामा मन्त्रालयका योजना र अमेरिकी सरकारले गर्न सक्ने सहयोगका विषयमा छलफल भएको थियो। छलफलमा मन्त्री मगरले जनतालाई स्वच्छ खानेपानीको सहज सुविधा पु-याउन मन्त्रालयले योजना बनाइरहेको जानकारी गराइन। ‘७ वटै प्रादेशिक राजधानी तथा तराईमा ठूला ८ वटा खानेपानी आयोजना सञ्चालनका लागि अध्ययन भइरहेको छ,’ उनले भनिन, ‘खानेपानी मन्त्रालय जनताको चुलो र महिलासँग जोडिएकाले मन्त्रालयको नेतृत्वमा महिला नै पाउँदा जनताका अपेक्षा बढी छन्।’

पहाडी र हिमाली क्षेत्रका लागि राष्ट्रिय प्राथमिकताका योजना सञ्चालनका लागि अध्ययन भइरहेको मन्त्री मगरले बताइन्।

सरसफाइलाई राष्ट्रिय अभियानका रुपमा सञ्चालन गर्ने गरी योजना बनिरहेको जानकारी गराउँदै उनले भनिन्, ‘खुला दिसामुक्त जिल्ला घोषणा अभियान अन्तिम चरणमा पुगेको छ। आगामी असारभित्र शतप्रतिशत प्रगति हुन्छ।’ खुला दिसामुक्त घोषणा अभियानले सरसफाई सम्बन्धी बानी र चेतनामा परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको उनले बताइन्।

काठमाडौंवासीलाई खानेपानी सुविधा पु-याउने मेलम्ची खानेपानी आयोजनाको काम समेत तीब्र गतिमा अगाडि बढिरहेको मन्त्री मगरले बताइन। अमेरिकी सरकारले सरसफाईका क्षेत्रमा सहयोग गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै मन्त्री मगरले खानेपानीको पूर्वाधार निर्माणमा समेत सहयोग गर्न आग्रह गरिन।

भेटवार्तामा राजदूत टेप्लिजले खानेपानीको पूर्वाधार निर्माणमा सहयोग गर्न पहल गर्ने बताइन। ‘नेपालमा अहिले सरकार र व्यवस्था परिवर्तन भएको छ, त्यही अनुसार हामी सहयोग र कार्यक्रम पुनरावलोकन गर्छाै,’ उनले भनिन, ‘सरकारका प्राथमिकता पूरा गर्दै जनताको सेवा गर्न चाहन्छौं।’

खानेपानी र सरसफाईको आधारभूत कुरामा प्रगति गर्न नसकिए अन्य प्रगति गर्न नसकिने बताउँदै राजदूत टेप्लिजले अमेरिकन सरकार सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको स्पष्ट पारिन।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad