४ वैशाख २०८१ मंगलबार
समाज

चारदिन सम्म पनि उठेन महानगर अगाडिकाे सिनो

महानगरपालिकाकाे पर्खालछेउमा चारदिन देखि मरेकाे चरा । तस्बिर : सुजन श्रेष्ठ

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको कार्यालय बागदरबार नजिकै चार दिन देखि मरेको चरा बेवारिसे अवस्थामा छ। 

महानगरको पर्खालको आडमा चार दिन देखि रहेको उक्त सिनो कुहिएर गन्हाउँदा सम्म महानगरलाई अत्तोपत्तो छैन्। सोहीबाटो भएर हिड्ने सबैले नाक थुनेर हिड्नुपर्दा पनि याे विषयमा महानगरका कर्मचारीलाई भने केही पनि थाहा छैन्।

हामीले महानगरपालिकाको शहरी सुव्यवस्था विभागका प्रमुख सनतकुमार थापालाई अहिलेसम्म पनि उक्त सिनो किन सफा नगरेको भन्दा आफूलाई केही खबर नभएको बताए । उनले भने 'मलार्इ यस विषयमा केही जानकारी थिएन अब थाहा पाएँ सफा गर्न पठाइहाल्छु।'    

भारतीय प्रधानमन्त्रीलाई देखाउन विभिन्न सरसफाइमा उत्रेको महानगरलाई आफ्नै घरमा भएको फोहोर उठाउने फुर्सद भने मिलेको छैन् । 

प्रकाशित: २४ वैशाख २०७५ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App