४ वैशाख २०८१ मंगलबार
राजनीति

सरकार र यातायात व्यवसायीबीच सहमति : सबैखाले सिन्डिकेट तोडिने

काठमाडौं- सरकार र यातायात व्यवसायीबीच सिन्डिकेट तोड्ने सहमति भएको छ। आइतबार यातायात मन्त्रालय व्यवसायी, यातायात मन्त्री, यातायात विभागका महानिर्देशकबीच छलफल भएको थियो। छलफलले यातायात क्षेत्रमा रहेका सबै खाले सिन्डिकेट तोड्ने सहमति गरेको हो।

नेपाल सरकारबाट सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेटको स्वरुप अन्त्य/ खारेजी गर्ने सहमतिको पहिलो बुँदामा उल्लेख छ।

सिन्डिकेटको अन्त्यसँगै एउटा मात्र सार्वजनिक सवारी साधन भएको सवारी धनीले पनि सवारी सञ्चालन गर्न पाउने भएका छन्।

सर्वोच्चमा परेको रिटमा भएको परमादेश अनुसारको जाँचबुझ आयोग गठनको प्रक्रिया छिटो अगाडि बढाउने र यातायात व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिने आइतबार राती सहमति भएको छ।

यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन मन्त्रालयलाई यथासिघ्र राय, परामर्श दिन सरोकारवाला समेतको प्रतिनिधित्व रहने गरी एक कार्यदल गठन गरिने समेत भएको छ।

प्रकाशित: २४ वैशाख २०७५ ०९:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App