८ वैशाख २०८१ शनिबार
कला

पञ्चेबाजाको लयमा राजेशपायल राई

पञ्चेबाजा घन्काउँदै बाेलकाे गीतकाे रेकर्डिङकाे क्रममा कलाकारहरू

काठमाडौं – अभिनेता गणेश बेलवासेद्वारा एक वर्ष अगाडि घोषणा गरिएको फिल्म निमार्णको काम अगाडि बढेको छ । कथा र पटकथाको काम सम्पन्न भइसकेको छ।

फिल्मका कलाकार, छायाँकन स्थल, गीत रेकर्डिङ र प्राविधिक विषयमा धामधम काम सुरु भइसकेको बेलवासेले बताए । ‘कथा र पटकथा तयार भइसकेको छ । एउटा गीत वैशाख २० गते रेकर्ड गरिएको छ’, उनले भने, ‘कलाकारहरू कस्ता खालका राख्ने भनेर गृहकार्यमा छौं।’

बेलवासेले फिल्मको नाम ‘लभ फरेभर’ राख्ने तयारी गरेका छन् । ‘फिल्मको नाम ‘लभ फरेभर’ राख्ने हो कि भनेर तयारी गरेको छु’, उनले भने, ‘तर, योभन्दा उपयुक्त र राम्रो नाम जुर्‍यो भने बिचार गर्न सकिन्छ ।’ बेलवासेले यसअघि ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरेका थिए।

फिल्ममा लगानी राजु केसी र सुरेश हमालको हुनेछ । ‘फिल्ममा लगानी गर्न राजु केसी र सुरेश हमालले इच्छा जनाउनु भएको छ’, उनले भने, ‘फिल्मको सुरुवाती काम अगाडि बढाइएका छौँ ।’ फिल्मलाई बेल्वासेले निर्देशन गर्नेछन्।
‘लभ फरेभर’को कथा र निर्माणले दर्शकलाई मनोरञ्जनका साथै फिल्मको लगानी उठाउने गरेर काम हुने बेलवासेले दाबी गरे। ‘फिल्ममा यस पटक गहन अध्ययन गरेर पूर्ण तयारीका साथ काम गरिएको छ’, उनले भने।

फिल्मलाई नेपाल र भारतका मुख्य स्थानमा छायाँकन गरिनेछ । सस्पेन्स प्रेम कथामा आधारित ‘लभ फरेभर’मा नयाँ र पुराना कलाकारको अभिनय देख्न सकिनेछ।

वैशाख २० गते रेकर्ड भएको ‘लभ फरेभर’को गीतमा गायक राजेशपायल राई र गायिका सुरुचीले स्वर दिएका छन्। गीतमा संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको छ । ‘पञ्चेबाजा घन्काउँदै...’ बोलको गीतमा शब्द बेलवास रहेको छ।

प्रकाशित: २४ वैशाख २०७५ ०८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App