उर्जामन्त्री पुन र ब्रिटिस संसदीय प्रतिनिधिमण्डलबीच भेटवार्ता

सोमबार, २४ बैशाख २०७५, १३ : ३० नागरिक

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनसंग ब्रिटिस संसदीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ। सिंहदरबारस्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ। नेपालको संघीय संसदको निमन्त्रणामा नेपाल भ्रमणमा आएको ब्रिटिस संसदीय प्रतिनिधिमण्डलको नेतृत्व बेलायती सांसद निजेल इभान्सले गरेका छन्। 

भेटमा उर्जामन्त्री पुनले बेलायत नेपालको पुरानो विकास साझेदार मुलुक रहेको भन्दै आगामी दिनमा पनि दुवै देशको विचमा सुमधुर सम्बन्ध रहने विश्वास व्यक्त गरे। उनले बेलायतले नेपालको शिक्षा,स्वास्थ्य र सुरक्षाको क्षेत्रमा गरको सहयोग निकै महत्वपुर्ण रहेको समेत बताए।

ब्रिटिस संसदीय प्रतिनिधिमण्डलसंगको भेटमा मन्त्री पुनले उर्जा,जलस्रोत र सिंचाईको क्षेत्रमा समेत सहकार्य गर्न सरकार तयार रहेको धारणा राखे।

भेटमा मन्त्री पुनले उर्जामन्त्रालयको १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादन गर्ने योजना रहेको भन्दै त्यसको लागी राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रको सहयोग आवश्यक रहने बताए।

‘अहिले हामीसंग १ हजार मेगावाट मात्र विजुली उत्पादन हुन्छ, तर, हामीसंग १ लाख मेगावाट उत्पादन गर्ने क्षमता छ। १० वर्षमा १० हजार मेगावाट विजुली उत्पादनको लक्ष्य पुरा गर्नको लागी हामीलाई निजी क्षेत्र तथा विदेशी लगानीकर्ताको जरुरी हुन्छ’, मन्त्री पुनले भने। उनले नेपालमा लगानीको वातावरण रहेको भन्दै बेलायती लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे।

भेटमा बेलायती सांसदहरुले नेपालको उर्जा, सौर्य उर्जा र जलस्रोतको क्षेत्रमा सरकारको निती र योजनाबारे चासो राखेका थिए। बेलायती सांसद निजेल इभान्सले नेपालको विकासमा  बेलायत सहयोग गर्न तयार रहेको धारणा राखे। उनले बेलायत युरोपियन युनियनबाट अलग भएपछि यस्ता खालका द्धिपक्षिय भ्रमण अझै बढ्ने र त्यसले दुई देशको सम्बन्ध अझै मजवुत बन्ने धारणा राखे।

भेटमा बेलायती सांसदहरुले नेपालमा विजुलीको अवस्था, जलविद्यूतले वातावरणमा पारेको असर र त्यसको रोकथामका लागी सरकारले अघि सारेका कदमहरुको बारेमा समेत चासो राखेका थिए। भ्रमण दलमा बेलायती सांसदहरु डेभिड मोरिस, विरेन्द्र शर्मा, केरी मेकर्थी,लोर्ड बाल्फे र लोर्ड ढोलकिया रहेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकमा रक्तदान

सानिमा बैंकले १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्रसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । ...

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

एन्ड्रिजको चौथौ सेवाग्राही दिवस सम्पन्न

अन्तर्राष्ट्रिय प्रविधि समूह एन्ड्रिजले चौथौ सेवाग्राही दिवस सम्पन्न गरेको छ । ...

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकम पोखरा लिगको सह–प्रायोजक

नेपाल टेलिकमले पोखरा प्रिमियर लिग (पिपिएल) को सह–प्रायोजक गरेको छ । ...

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक र जावलाखेल युवा क्लब विच सम्झौता

प्रभु बैंक लि. र ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं १३, जावलाखेलस्थित जावलाखेल युवा क्लब विच प्रभु बैंक लि. जावलाखेल...

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

महिन्द्राको शोरुम रौतहटको चन्द्रनिगाहपुरमा

अग्नि ग्रुपले हालै नेपालको दक्षिणी भूभागस्थित प्रदेश नं २ को रौतटहको चन्द्रनिगाहपुरमा महिन्द्राका ट्रयाक्टरसहितका सवारी साधनहरूको नयाँ ‘थ्रीएस सेटअप’ सहितको...

फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि  !

फेसबुक कर्मचारीहरूको तलब विवरण नै चोरी भएपछि !

करिब २९ हजारजना फेसबुक कर्मचारीहरूको गोप्य राखिनु पर्ने तलब विवरण नै चोरी भएको छ ...

एनसेल मेला इटहरीमा झुमे दर्शक

एनसेल मेला इटहरीमा झुमे दर्शक

एनसेलले शनिबार इटहरीमा आयोजना गरेको ‘एनसेल मेला २०७६’ मा आगन्तुक तथा दर्शकहरुले भरपुर मजा लिएका छन् । ...

इटहरीमा भोलि एनसेल मेला

इटहरीमा भोलि एनसेल मेला

एनसेल प्राईभेट लिमिटेडले इटहरीको श्री जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा शनिबार (मंसिर २८) एनसेल मेला २०७६ को आयोजना गर्ने भएको...

Ncell Footer Ad