coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

काँग्रेस नेतासहित पाँच जुवाडे पक्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक होटल सञ्चालकसहित पाँच जना जुवाडेलाई सोमबार पक्राउ गरेको छ।
वीरेन्द्रनगर ४ स्थित प्रतिक होटलमा जुवा खेलिरहेको अवस्थामा होटल सञ्चालक ऐनबहादुर शाही, तुर्माखाँध गाउँपालिका–४ अछामका डेकेन्द्र बुढा, चामुण्डाबिन्दासैनी नगरपालिका–९ दैलेखका हर्कबहादुर थापा, दुल्लु नगरपालिका–३ का अनिल कार्की र छत्रबहादुर खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूबाट तीन गड्डी ताससहित ४९ हजार ३० रुपियाँ नगद र चार सेट मोवाइल बरामद गरिएको एसपी उमाप्रसाद चर्तुवेदीले जानकारी दिए ।

यस्तै आइतबार वीरेन्द्रनगर–९ को लाटिकोइलीबाट नेपाली कांग्रेसका नेता कालीप्रसाद शाक्यसहित तीन जना जुवाडे पक्राउ परेका थिए । शाक्यसँगै बलबहादुर राना र दानबहादुर गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको थियो । 

उनीहरुसँगै जुवा खेलिरहेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव वीरबहादुर कुँवर (सुरेश पहाडी) भाग्न सफल भएका थिए । उनको मोवाइल भने प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरुले मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिवलाई प्रहरीले नै भगाएर आफूहरुलाई मात्रै पक्राउ गरेको आरोप लगाएका छन् ।

प्रकाशित: २४ वैशाख २०७५ ०६:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App