झापा–विद्युत सहकारीले गरेको लापरबाहीले दक्षिण इलामको चुलाचुलीका बासिन्दा साताभन्दा लामो समयदेखि विद्युत सेवा उपभोगबाट बञ्चित भएका छन्। ग्रामीण विद्युत सहकारी संस्था चुलाचुली इलामले नेपाल विद्युत प्राधिकरणलाई बुझाउनु पर्ने रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत लाइन काटिदिएको छ।
प्राधिकरणले लाइन काटिदिएपछि चुलाचुलीका वडा नम्बर २, ३ र ४ का बासिन्दा एक साता अघिदेअि अन्धकारमा बस्न बाध्य छन् । विद्युत सेवा अवरुद्ध भएपछि विद्युत आश्रित सम्पूर्ण गतिविधि गाउँमा ठप्प भएको छ।
प्राधिकरणले लाइन काटिदिएपछि चुलाचुलीका वडा नम्बर २, ३ र ४ का बासिन्दा एक साता अघिदेअि अन्धकारमा बस्न बाध्य छन् । विद्युत सेवा अवरुद्ध भएपछि विद्युत आश्रित सम्पूर्ण गतिविधि गाउँमा ठप्प भएको छ।
सहकारीले प्राधिकरणलाई बुझाउनु पर्ने महससल वापतको रकम ८ लाख रुपैयाँ भन्दा बढी छ। तर, स्थानीयले भने आफूले विद्युत उपभोग गरे वापतको महशुल प्रत्येक महिना सहकारीमा बुझाउँदै आएको बताएका छन्। सहकारीलाई पटक पटक जानकारी गराउँदासम्म महशुल बुझाउन कुनै चासो नदेखाउँदा लाइन काट्नु परेको प्राधिकरणको तर्क छ। प्राधिकरण र सहकारीबीचको विवादले सर्वसाधारण चेपुवामा परेका छन्। साता अघिदेखि विद्युत नभएपछि स्थानीयबासी मोवाइल फोन चार्ज गर्न पनि झापा झर्न थालेका छन्। त्यसबाहेक खेतबारीमा सिञ्चाई गर्ने क्रम पनि बन्द भएको छ ।
‘हामीले समयमै विद्युत महशुल सहकारीमा बुझाउँदै आएका थियौं’, केर्खा बजारमा मोवाइलल चार्ज गर्न आइपुगेका चुलाचुली—४ का पुण्यप्रसाद न्यौपानेले भने, ‘प्रत्येक घरका टिभी रेडियो सवै बन्द छन् सहकारीका सञ्चालकको लापरवाहीका कारण स्थानीयले अनावश्यक सास्ती खेप्नु पर्यो।’
प्राधिकरण र सहकारीबीचको कारोबारले उपभोक्तालाई सेवा उपभोग गर्नबाट बञ्चित गर्न नहुने मानव अधिकार मध्यस्थता गाउँ समिति चुलाचुलीका सदस्य भिमचन्द्र बस्नेत बताउँछन्। सहकारी संस्थाका समितिका सदस्यबीचको विवादका कारण यो समस्या आएको स्थानीयवासीको भनाइ छ। ‘उपभोक्ताले मिटर बक्सकालागि रकम बुझाएको २ वर्ष भयो आजसम्म मिटर बक्स पाएका छैनन्’, स्थानीय उपभोक्ताले भने, ‘उपभोक्तासँग मासिक रुपमा महशुल लिन सक्ने सहकारीले पा्रधिकरणमा नबुझाउने अनि त्यसको क्षति उपभोक्ताले व्यहोर्नु पर्ने भयो ।’
सहकारीका उपाध्यक्ष पारस लावतीले समितिका केही व्यक्तिको लापरवाहीका कारण यस्तो समस्या आएको दाबी गरे। ‘सहकारीले पहल गरिरहेको छ’, लावतीले भने, ‘जति सक्दो चाँडो प्राधिकरणसँग समन्वय गरेर लाइन जडान गर्ने पहलमा छौं।’ यद्यपि कहिलेसम्ममा लाइन सुचारु हुने कुनै टुङ्गो छैन ।
प्रकाशित: १३ भाद्र २०७३ ०९:३४ सोमबार