८ वैशाख २०८१ शनिबार
खेल

पोखरा स्पोर्ट्स अवार्डलाई बतासको साथ

पोखरा – खेलकुद पत्रकार मञ्च कास्कीले गर्दै आएको पोखरा स्पोर्ट्स अवार्डलाई बतास ब्रदर्सले साथ दिने भएको छ। आगामी जेठ १८ गते हुने स्पोर्ट्स अवार्डको उत्कृष्ट दुई विधालाई ब्रदर्सले मोटरसाइकल र स्कुटर प्रदान गर्ने सम्झौता गरेको छ।

आइतबार खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक र बतास ब्रदर्सका निर्देशक विपिनराज बतासबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।

स्पोटर््स अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीलाई मोटरसाइकल र स्कुटर प्रदान गरिनेछ। तर, खेलाडीले भने मोटरसाइकलको करस्वरूप २० प्रतिशत रकम भने तिर्नुपर्नेछ। सम्झौताअनुसार खेलाडीलाई टिभिएस मोटरसाइकल÷स्कुटर प्रदान गरिनेछ। बतास गण्डकी र धौलागिरिको टिभिएस मोटरसाइकलको आधिकारिक बिक्रेता हो।

वर्षका उत्कृष्ट खेलाडी पुरुष तथा महिला, उत्कृष्ट उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पत्रकार, उत्कृष्ट संघ र लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिनेछ। यसअघि दुई संस्करण सम्पन्न भइसकेका छन्।

अवार्डको तेस्रो संस्करणमा आइपुग्दा बतास ब्रदर्सले सम्झौता गर्दै ‘टिभिएस पोखरा स्पोर्ट्स अवार्ड’ गर्ने तयारी बढाइएको छ। उत्कृष्ट पत्रकार पुरस्कार यो वर्ष थप गरिएको विधा हो। उदीयमान, प्रशिक्षक, पत्रकार र संघलाई सम्मानसँगै नगद १५ हजार प्रदान गरिने मञ्चका उपाध्यक्ष दिननाथ बरालले बताए।

मञ्चले एक साताभित्र खेलाडीहरूको मनोनयन सार्वजनिक गर्ने तयारी गरेको छ।

सम्झौतापछि बोल्दै बतास ब्रदर्सका निर्देशक विपिनराज बतासले स्पोटर््स अवार्डमा जोडिन पाउँदा खुसी लागेको बताए। अवार्डका लागि मञ्चले विभिन्न समिति तथा उपसमिति बनाई आवश्यक डकुमेन्ट संकलन कार्यमा जुटेको छ।

प्रकाशित: २४ वैशाख २०७५ ०४:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App