यातायात सिन्डिकेट

गृहमन्त्री भन्छन्, ‘सरकार ब्याक हुने ठाउँ छैन’

सोमबार, २४ बैशाख २०७५, ०८ : ३५ हिमाल लम्साल  | @mtlamsal

गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको सिन्डिकेट हटाउने निर्णयबाट सरकार कुनै पनि हालतमा पछाडि नफर्किने बताएका छन् । आइतबार उपभोक्ता अधिकारकर्मीहरूसँगको भेटमा थापाले सिन्डिकेट हटाउने निर्णयबाट सरकार पछि नहट्ने बताएका हुन्।

‘सरकार धेरै अघि बढिसक्यो अब पछि हट्ने कुनै सम्भावना छैन,’ उनले भने, ‘अब हामीलाई ब्याक हुने छुट छैन । यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य गर्ने सुरुवात गरेका हौँ । अब श्रृंखलावद्ध रूपमा सिन्डिकेट अन्त्य गरेर छाड्छौँ ।’ गृहमन्त्री थापाले सिन्डिकेटधारी यातायात व्यवसायीसँग कुनै पनि हालतमा घुँडा नटेक्ने बताए।

‘सिन्डिकेट कायम गर्न खोज्ने व्यवसायीसँग कुनै पनि हालतमा घुडा टेक्दैनौँ । सरकार सिन्डिकेटधारी यातायात व्यवसायी विरुद्ध कडा निर्णय लिएर नै अघि बढ्नेछ,’ उनले भने । गृहमन्त्री थापाले सबै क्षेत्रमा सिन्डिकेट अन्त्य नगरेसम्म मुलुकमा विकास र सम्वृद्धि नआउने बताए । ‘आफ्नो जग्गा बेच्न समेत सिन्डिकेटधारी दलालको सहारा लिनुपर्ने अवस्थाबाट गुज्रिदैँ आइराखेका छौँ । मुुलुकको अर्थतन्त्र, दलाल, माफिया र घुसखोरको हातमा अडिएको छ,’ उनले भने, ‘यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य गर्नको लागि सुरुवात गरेका हौँ ।

‘सरकार धेरै अघि बढिसक्यो अब पछि हट्ने कुनै सम्भावना छैन, अब हामीलाई ब्याक हुने छुट छैन । यातायात क्षेत्रबाट सिन्डिकेट अन्त्य गर्ने सुरुवात गरेका हौँ । अब श्रृंखलावद्ध रूपमा सिन्डिकेट अन्त्य गरेर छाड्छौँ ।’

अब सबै क्षेत्रमा श्रृखंलाबद्ध सिन्डिकेट विरुद्ध अभियान छेडेर नै अन्त्य गर्नेछौँ ।’ सरकारका हरेक तहतप्कामा समेत सिन्डिकेट हावी भएकाले जरैदेखि उखेल्ने प्रतिबद्धता उनले जनाए । ‘राज्यका हरेक क्षेत्रमा सिन्डिकेट छ । नीति निर्माण तहदेखि राजनीतिक दलसम्ममा सिन्डिकेट हावी छ,’ उनले भने, ‘केही ठाउँमा राज्य संयन्त्रबाटै सिन्डिकेटको संरक्षण भइरहेको छ । त्यसैले एकपछि अर्काे गरेर सिन्डिकेटको अन्त्य गरेर नै छाड्नेछौँ ।’

भेटमा उपभोक्ता अधिकारकर्मीले गृहमन्त्री रामबहादुर थापासँग जनताले अनूभूति गर्ने गरी सिन्डिकेटको अन्त्य गर्न माग गरेका थिए । उपभोक्ता हित संरक्षण मञ्चका संस्थापक अध्यक्ष डा. सुन्दरमणि दिक्षितसहित पुगेको पदाधिकारीको समूहले यातायात क्षेत्रको मात्रै नभएर सम्पूर्ण क्षेत्रको सिन्डिकेट अन्त्य गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराएको हो । मञ्चका अध्यक्ष ज्योति बनियाँले गृहमन्त्रीसँग जनताले महसुुस गर्ने गरी सिन्डिकेटको जरै उखेल्न अनुरोध गरे।

‘राज्यका हरेक क्षेत्रमा सिन्डिकेट छ । नीति निर्माण तहदेखि राजनीतिक दलसम्ममा सिन्डिकेट हावी छ, केही ठाउँमा राज्य संयन्त्रबाटै सिन्डिकेटको संरक्षण भइरहेको छ । त्यसैले एकपछि अर्काे गरेर सिन्डिकेटको अन्त्य गरेर नै छाड्नेछौँ ।’

‘ गृहमन्त्रीज्यू, सिन्डिकेट अन्त्य भएको जनताले कहिले अनूभूति गर्न पाउलान,’ उनले भने, ‘सिन्डिकेट नभएको कुनै क्षेत्र नै छैन । त्यसैले खुट्टा नकमाइकन व्यवहारिक ढंगले सिन्डिकेटको अन्त्य गर्नुपर्ने देखिन्छ ।’ मञ्चका संस्थापक अध्यक्ष दिक्षित अहिलेको सरकारले समेत सिन्डिकेट अन्त्य गर्न नसके कसैले रोक्न नसक्ने बताए । ‘सिन्डिकेट अन्त्य गर्न सरकारको लागि सुनौलो अवसर आएको छ।

यो सरकारले सिन्डिकेटको विकृति अन्त्य गर्न सकेन भने कुनै सरकारले अन्त्य गर्न सक्दैन,’ उनले भने, ‘सरकार कुनै पनि हालतमा शिथिल भएर बस्नु हुदैँन।’उपभोक्ता अधिकारकर्मीले सिन्डिकेटधारी यातायात व्यवसायी विरुद्धको निर्णय स्वागतयोग्य भएको बताएका थिए ।

उनीहरूले यातायात क्षेत्रको सिन्डिकेट हटाउने निर्णय गरेर मात्रै नहुने बताए । थापालाई अधिकारकर्मीले जनताले सिन्डिकेट हटाएको प्रत्यक्ष अनूभूति गर्न सक्ने अवस्था सिर्जना गर्न आग्रह गरे ।  नयाँ यातायात व्यवसायीलाई कम्पनीमार्फत सवारीसाधन दर्ता गराएर यात्रुलाई तत्कालै सहज यात्रा गर्ने वातावरण बनाउन पनि उनीहरूले माग गरे ।

 






यसमा तपाईको मत

अन्य समाचार

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार देखि ३० हजारसम्मका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

यस मूल्यको दायरामा पर्ने र नेपाली बजारमा सजिलै खरिद गर्न सकिने मोडर्न स्मार्टफोनहरूको सूची यहाँ प्रदान गरिएको छ ...

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेको वाई नाइन प्राइम २०१९ नेपाली बजारमा

ह्वावेले पप–अप क्यामरा भएको वाई नाइनप्राइम २०१९ नेपालीबजारमा सार्वजनिक गरेको छ। ...

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

मेरिएट होटलद्वारा राजस्थानी फुड फेस्टिभल आयोजना

काठमाडौं मेरिएट होटल, नक्सालले आफ्नै रेष्टुरेन्ट ठमेल किचनमा प्राचीन रेसिपिहरु इनफिउज गरेर विशेष रुपमा राजपरिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट...

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंक दशौं वर्षमा प्रवेश

मेगा बैंकले स्थापनाको नवौं वर्ष पूरा गरि दशौं वर्षमा प्रवेश गरेको अवसरमा मंगलबार काठमाडौंको कमलादीस्थित केन्द्रिय कार्यालयमा आयोजित वार्षिकोत्सव कार्यक्रममा...

के हो हाइव्रिड कार ?

के हो हाइव्रिड कार ?

हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ। यस्ता कारहरुमा...

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८५

माछापुच्छ्रे बैंक लिमिटेडको रु.एक हजार अङ्कित दरका तीस लाख कित्ता ऋणपत्र यहि मिति २०७६/०४/०६ गते सोमबार देखि जारी गरेको छ...

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

यस्तो हुनेछ फेसबुकको नयाँ डिजाइन

फेसबुकको नयाँ डिजाइनको तस्विरहरू ...

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबि बैंकको नयाँ कर्पोरेट अभियान

एनएमबी बैंकले ‘हामी देख्छौ अपार संभावना’ को अवधारणा सहित नयाँ कर्पोरेट अभियान आरम्भ गरेको छ । ...

Ncell Footer Ad