काठमाडौं–आपसी विवादमा श्रीमानले श्रीमतीलाई छुरा प्रहार गरेका छन्। बुधाबर विहान पौने नौ बजे झलकबहादुर थापा (२५) ले श्रीमती शुष्मा थामी थापा (२१)लाई ढाडमा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर टेकुका डिएसपी रविन्द्र रेग्मीका अनुसार बागबजारमा ज्यामी काम गर्ने उनीहरुबीच घरायसी विवाद हुँदा श्रीमान झलकले श्रीमती शुष्मालाई पछाडिबाट छुरा प्रहार गरेका थिए।
छुरा प्रहारबाट शुष्माको ढाडमा दुई इन्च गहिरो चोट लागेको छ। छुरा प्रहार गर्ने वित्तिकै झलकलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। घाइते शुष्माको बागबजारस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। शुष्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: ८ असार २०७३ ०६:२८ बुधबार