coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

३०गते भोटो देखाइने

रातो मच्छिन्द्रनाथको भोटो देखाउने साइत वैशाख ३० गते जुरेको छ । सो दिन अपराह्न ५ बजेपछि राष्ट्रपतिलगायत अन्य सरकारी निकायका उच्च पदस्थ व्यक्तिलाई गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द पौडेलले भोटो देखाउने छन्।

मछिन्द्रनाथको रथजात्राअन्र्तगत भोटो देखाउने जात्रालाई मुख्य आकर्षकका रूपमा पनि लिइन्छ।अहिले रथलाई लगनखेलस्थित थटीटोलमा राखिएको छ । स्थानीयले त्यहाँ मच्छिन्द्रनाथको पूजाअर्चना गर्दै आएका छन् । पाँच दिनअघि नरिवल जात्रा निकालेपछि जावलाखेल लैजान ज्योतिषीहरूले साइत हेरेका थिए । थटीटोलबाट जावलाखेल लैजाँदा पश्चिम गमन हुने भएकाले साइत हेर्ने परम्परा चलेको शाखा प्रमुख पौडेलले जानकारी दिए।साइतअनुसार वैशाख ६ गते बेलुकी ५ बजे पुल्चोकबाट रथयात्रा आरम्भ भएको थियो । जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रबहालमा रहेको रथलाई तानेर गांःवहालमा पुर्‍याइएको थियो ।

त्यसपछि क्रमशः मंगलबजार, चक्रबहिल, सुन्धारा, लगनखेल, बालकुमारी, इटीटोल, पोडेटोल हुँदै पुनः लगनखेलमा लगिएको थियो । लगनलेखमा रहेको रथलाई वैशाख २७ गते कुमारीपाटी हुँदै जावलाखेल लगिने छ । रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेलमा लगेको चौथो दिन भोटो देखाउने चलन छ । भोटो हेर्ने परम्परा धान्न प्रधानन्यायाधीश, उपसभामुख, संवैधानिक निकायका प्रमुख, मन्त्री, सांसद तथा स्थानीय तहका कर्मचारी समेत पुग्ने गर्छन्।

किंवदन्ती अनुसार नागराजाले ज्यापूलाई उपहारस्वरूप दिएको भोटो राक्षसले चोरेर लैजान्छ । जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा पर्छ ।

किंवदन्ती अनुसार नागराजाले ज्यापूलाई उपहारस्वरूप दिएको भोटो राक्षसले चोरेर लैजान्छ । जावलाखेलमा रातो मच्छिन्द्रनाथको जात्रामा हेर्न त्यही भोटो लगाएर राक्षस आएपछि ज्यापूसँग उसको झगडा पर्छ । विवाद मिलाउन बहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ । भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आउनू भनेर देखाइएको जनश्रुति छ । त्यही बेलादेखि हरेक वर्ष यो परम्परा रहँदै आएको मच्छिन्द्रनाथका पूजारी निमराज पानेजूले जानकारी दिए ।

विवाद मिलाउन बहुमूल्य रत्नजडित त्यो भोटो रातो मच्छिन्द्रनाथको जिम्मा लगाइन्छ । भोटो जावलाखेल पुगेको चौथो दिनमा कसको भोटो हो, प्रमाणसहित लिन आउनू भनेर देखाइएको जनश्रुति छ । त्यही बेलादेखि हरेक वर्ष यो परम्परा रहँदै आएको मच्छिन्द्रनाथका पूजारी निमराज पानेजूले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकाको सबैभन्दा लामो र प्रसिद्ध यो जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले वि सं ५४६ मा यो जात्रा सुरु गराएको पौराणिक कथन छ । हिन्दू धर्मावलम्बीले मच्छिन्द्रनाथलाई ऐतिहासिक सन्तगुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बीले ‘पद्मपाणिु (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा।

ललितपुर, पुल्चोकमा निर्माण गरिएको रथ अक्षय तृतीयाका दिन शुभ साइत पारी मच्छिन्द्रनाथको रथारोहण गर्ने चलन छ । भगवान मच्छिन्द्रनाथलाई रथमा विराजमान गराइसकेपछि विधिवत रूपमा रथयात्रा सुरु हुन्छ । रथ तान्नुअघि गुरुज्यूको पल्टनबाट सलामीसमेत दिइन्छ।

मच्छिन्द्रनाथ जात्रा खेती किसानीसँग सम्बन्धित भएको संस्कृतिविद् सत्यमोहन जोशीले बताए ।  ‘नेवारी परम्पराअनुसार ३२ हात अग्लो रथ बाजागाजाका साथ ललितपुरका विभिन्न टोलहरू परिक्रमा गराउने परम्परा छ,’ उनले भने, ‘यो जात्रालाई सहकालको देवताका रुपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन्।’

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्‍याइएकोे छ । त्यहाँ ६ महिनासम्म राखेर साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याउने परम्परा छ।यसरी रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने चलन छ । गत वर्ष भने भूकम्प, रथ बिग्रिएको र सुभसाइत नभेटिएका कारण साउन १४ गते भोटो देखाइएको थियो।

संस्कृतिविद्हरूका अनुसार यो जात्राको फरक–फरक किंवदन्ती छन् । पहिलो किंवदन्ती–  नागराज कर्कोटककी रानी आँखा नदेख्ने रोगले पीडित भएकी थिइन । उनको उपचारका लागि वैद्यको खोजीमा कर्कोटक आफैँ निस्किए । उनले वैद्य खोज्ने क्रममा खेतमा काम गरिरहेका किसानले उपचार गर्न सक्छन् भनेपछि नागराजले किसानलाई सुन, हीरालगायत बहुमूल्य धातु जडित भोटो दिएर पठाएका थिए।

दोश्रो किंवदन्ती– कुनै समय किसान र ती व्यक्तिका बीच भोटोको स्वामित्वका विषयमा विवाद सुरु भएको थियो । यो विवाद त्यो बेलाका राजा वरदेवसम्म पुगेको रातो मत्स्येन्द्रनाथको भोटो देखाउने परम्परा रहेको संस्कृतिविद् हरिराम जोसीले जानकारी दिए । उनले यसका किंवदन्ती धेरै पुराना भएकोले पनि त्यसलाई मिथक मान्दा पनि फरक नपर्ने जानकारी दिए । ‘यो जात्रा समाज र मावन जीवनसँग अत्यन्तै नजिकबाट जोडिएको छ,’ उनले भने, ‘यसका पुराना किंवदन्तीहरू केलाएरै भ्याइन्न।’  

तेस्रो किंवदन्ती– यो जात्रा वरदेवको शासनकालमा सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भिœयाउन राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको जोशीको भनाइ छ।

प्रकाशित: २४ वैशाख २०७५ ०२:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App