८ वैशाख २०८१ शनिबार
समाज

जबर्जस्त गर्भपतन गराउने जनप्रतिनिधि धरौटीमा रिहा

रुकुम (पुर्व)– जबर्जस्त गर्भपतन गराएको आरोपमा पक्राउ परेका सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई धरौटीमा रिहा गरिएको छ । जबर्जस्त गर्भपतन गराएको आरोपमा प्रक्राउ परेका गाउँकार्यपालिका सदस्य रुद्रबहादुर सुनारसहित उनकी दुई श्रीमतीलाई २५औं दिनमा रिहा गरिएको हो ।

सुनारले सोही गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्त गर्भपतन गराएको भन्दै बैशाख २२ गते मुद्दा दायर भएको थियो । कार्यपालिका सदस्य सुनारले उक्त महिलालाई विवाह गर्ने आश्वासन दिएर यौन सम्पर्क गरी अवैध गर्भपतन गराएको पीडित महिलाले प्रहरी समक्ष बयान दिएकी थिइन् । 
प्रहरी निरीक्षक दिवाकरण पोखरेलका अनुसार सुनारका साथै उनकी दुई श्रीमती बिमला र बदेनीलाई पनि पक्राउ गरिएको थियो । जिल्ला अदालतले सुनारलाई नौं हजार र दुई श्रीमतीलाई जनही पाँच÷पाँच हजार रुपैयाँ धरौटीमा रिहा गरेको जिल्ला अदालतका श्रेस्तेदार खुमप्रसाद भण्डारीले जानकारी दिए ।

‘यो मुद्दा टुंगीएको छैन्’ जिल्ला अदालतका श्रेस्तेदार भण्डारीले भने, ‘यो प्रक्रियामै छ ।’ उनलाई थुनामा राखी अनुसन्धान गर्ने प्रकृतिको मुद्दा नभएकाले धरौटीमा रिहा गरी अनुसन्धान गर्ने जिल्ला अदालतले जनाएको छ । ‘कानून बमोजिम तीन वर्ष सम्म थुनामा राखि अनुसन्धान गर्न सक्ने हुन्छ’ उनले भने, ‘तर यो घटनामा त्यस्तो छैन् ।’ अनुसन्धान हेरर फैसला हुने उनले बताए ।

गर्भपतन गराउने सुनारका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । सुनारले निजी स्वास्थ्य संस्थाबाट औषधि किनेर विभिन्न डर धम्की र त्रास देखाई औषधि सेवन गराएको महिलाले प्रहरीसमक्ष बताएकी थिइन् । चैत २१ गते अवैधरुपमा गर्भपतन गराइएको प्रहरीले जानकारी दिएको छ । 
२२ गते पीडित महिलाले प्रहरी समक्ष उजुरी दर्ता गराएकी थिइन् । सुनार सिस्ने गाउँकार्यपालिकामा नेकपा माओवादी केन्द्रबाट मनोनित भएका थिए ।

प्रकाशित: २४ वैशाख २०७५ ०२:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App