८ वैशाख २०८१ शनिबार
राजनीति

अझै तोकिएन कांग्रेस संसदीय दलका नेता

धनगढी – प्रदेशसभा ७ मा प्रदेशसभाको हिउँदे अधिवेशन समाप्त भइसक्दा पनि प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन। हिउँदे अधिवेशन २१ पटकको बैठकपछि बिहीबार सकिएको हो। प्रतिपक्षी दलको नेता चयन हुन नसकेकाले पहिलो अधिवेशन समाप्त हुँदासमेत विषयगत ४ समितिका सभापति चयन हुन सकेनन्।

‘हिउँदे अधिवेशन समाप्त हुदाँसमेत संसदीय दलका नेता चयन हुन सकेको छैन,’ कांग्रेस प्रदेशसभा सदस्य डिल्लीराज पन्तले भने, ‘संसदीय दलको नेतामा सहमति नहुदाँ समस्या भएको छ,’ संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्न नसक्दा कर्मचारी र प्रदेशसभा सदस्यले पाउनुपर्ने सेवा, सुविधालगायत पाउन नसकेको उनको भनाइ छ। कांग्रेस संसदीय दलमा डोटीका प्रदेशसभा सदस्य भरतबहादुर खड्का, कैलालीका रणबहादुर रावल र डडेल्धुराका कर्ण मल्लको दाबी रहेको छ। दावी भएका ३ नेता पनि संसदीय दलको नेता चयनमा भएको ढिलाइप्रति असन्तुष्ट छन्।

‘संसदीय दलको नेता चयनमा पार्टी अनिर्णयको बन्दी हुदाँ संसद्मा कांग्रेसको भूमिका कमजोर बनेको छ,’ दाबेदार भरतबहादुर खड्काले भने, ‘दलको नेता चयन छिटो गर्नहोस् भनेर पार्टी सभापतिलगायत शीर्ष नेतालाई पटकपटक आग्रह गर्दा पनि अझै हुन सकेको छैन।’ अनुभवी र वरिष्ठ भएकाले सबैले आपूmलाई समर्थन गरेको खड्का बताउँछन्। देउवा पक्षका नेता र कार्यकर्ताको समेत समर्थन रहेको उनको भनाइ छ। खड्का राम्रचन्द्र पौडेल खेमाका हुन्। ‘मैले सहमतिमा भए सहमति नभए चुनाव गरौं भन्दै आएको छु,’ उनले भने, ‘चुनाव गरेर भए पनि अहिलेसम्म टुंग्याइसक्नु पथ्र्यो।’ केन्द्रले जिम्मेवारी दिएर पठाएका एनपी साउदलाई पनि आग्रह गरेको उनले बताए।

हिउँदे अधिवेशन समाप्त हुदाँसमेत संसदीय दलका नेता चयन हुन सकेको छैन। संसदीय दलको नेतामा सहमति नहुदाँ समस्या भएको छ।

जिम्मेवारी तोकिएका एन साउद अढाई महिना यता याहाँ नदेखिएको उनी बताउँछन्। रणबहादुर रावलले आपूmलाई अधिकांश प्रदेशसभा सदस्यको समर्थन रहेकाले बलियो दाबेदार भएको बताए। ‘मलाई अधिकांश साथीहरूको समर्थन छ,’ उनले भने । नेता चयन गर्नमा धेरै ढिलो हुदाँ संसद्मा प्रतिपक्षी दलको सशक्त भूमिका हुन नसकेको बताए। केन्द्रीय प्रतिनिधि एलपी साउँद आएमा बैशाखको पहिलो साता नेता चयन हुने उनको भनाइ छ। पटकपटक आग्रह गर्दा पनि नेता चयनमा ढिलाइ गरिएको उनी बताउँछन्। ‘चुनाव गरेर भए पनि टुंग्याउनु पर्छ भनिरहेको छु,’ उनले भने।

यसैगरी कर्ण मल्लले पार्टीमा दुईपटक पार्टीको जिल्ला सभापति भएको र अहिले पनि सभापति भएकाले संसदीय दलको नेताको आफ्नो दाबी भएको बताएका छन्। उनले पनि नेता चयनमा धेरै ढिलो हुदाँ समस्या भएको बताए। ‘केन्द्रमा सभापतिकहाँ पटकपटक डेलिगेसन लगेर नै नेता चयन गर्न आग्रह गरेका छौं,’ उनले भने, ‘अहिलेसम्म नेता चयन नहुनुले पार्टीलाई नै घाटा भएको छ।’ रावल र मल्ल देउवा पक्षीय नेता हुन्। ५३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश ७ मा कांग्रेसका १२ जना सदस्य छन्। प्रदेशसभाका सभामुख अर्जुन थापाले कांग्रेसलाई संसदीय दलको नेताको नाम पठाउन धेरैपटक आग्रह गरिसक्दा पनि नपठाएको बताए। ‘प्रतिपक्षी दलको नेता नहुदाँ संसद् सचिवालय सञ्चालन तथा व्यवस्थापन समिति अधुरो रहेको छ,’उनले भने, ‘प्रतिपक्षी दलका नेता नहुदाँ अहिले समितीको बैठक बस्न सकेको छैन।’

यो समतिमा सभामुख, उपसभामुख, संसद् सचिव र प्रतिपक्ष दलको नेता रहन्छन्। समितिले प्रदेशसभाको बैठकको समन्वयय गर्ने, कर्मचारी, सांसदको वृत्ती विकासलगायतका काम गर्ने गर्छ। यो समितिले कार्यतालिका बनाउनुका साथै दीर्घकालीन, अल्पकालीन योजना बनाउने उनले बताए। ४ वटा विषयगत समितीका सभापति चयन गर्न बाँकी रहेको छ। प्रतिपक्षस् दलको नेता नभएकाले सभापति चयन हुन नसकेको हो। लेखा समितिका अध्यक्ष प्रतिपक्षी दलको नेता हुने चलन छ। सबै समितिको सभापति सँगै चयन गर्ने भनेकाले कांग्रेस संसदीय दलको नेता नहुदाँ चयन हुन नसकेको सभामुख थापाले बताए। लेखा समिति, आन्तरिक तथा विधायन समिति, अर्थ तथा विकास समिति र समाजिक समितिका सभापति चयन गर्न बाँकी छ। संसदीय दलको नेता चयन नहुँदा प्रतिपक्षको सचेतक पनि छनोट हुन बाँकी छ।

प्रकाशित: २४ वैशाख २०७५ ०२:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App