coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक

काठमाडौं–हिरो मोटरसाइकलको आधिकारीक विक्रेता नेपाल जेनरल मार्केटिङ प्रालीले हिरो कम्पनीका नयाँ स्कुटर र मोटरसाइकल सार्वजनिक गरेको छ ।कम्पनीले आइतबार एक कार्यक्रमका बीच हिरोको ग्ल्यामर एसभि मोटरसाइकल र डुएट स्कुटर सार्वजनिक गरेको हो ।

कम्पनीका अध्यक्ष अभिक ज्योतीले मुख्यगरी काठमाडौंका लागि अनुकुल रहेको ग्ल्यामर एसभिमा प्रयोग गरिएको आइथ्रिएस प्रविधिले युवा पुस्तालाई आकर्षित गर्ने बताएको कम्पनीले जनाएको छ।१ सय २५ सिसिको सो मोटरसाइकल ३ ओटा छुट्टाछुट्टै रङ्गमा उपलब्ध रहेको छ । ट्युवलेस टायर सहितको सो मोटरसाइकलको आइथ्रिएस प्रविधिले माइलेजका साथै फ्युल पनि बचत गर्ने कम्पनीले जानकारी दिएको छ।

साथै कम्पनीले सार्वजनिक गरेको स्कुटर डुएटमा एक्स्ट्रा पावर डेलिभरी, एडभान्स इन्जिनलगायतका विशेषता रहेका छन । सो स्कुटरमा डिक्कीमै मोवाइल चार्ज गर्न मिल्ने सुविधा रहेको छ । कम्पनीका अनुसार ग्ल्यामर एसभि मोटरसाइकलको मूल्य १ लाख ९३ हजार र डुएट स्कुटरको मूल्य १ लाख ७९ हजार ५ सय तोकिएको छ।

 

प्रकाशित: २४ वैशाख २०७५ ००:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App