८ वैशाख २०८१ शनिबार
समाज

चट्याङबाट २ वर्षीया बालिकासहित तीनको मृत्यु

मकवानपुर– बर्षासँगै परेको चट्याङबाट मकवानपुरमा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ परेको चट्याङबाट मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का ६० वर्षीय कृष्णबहादुर बलामी, मनहरी गाउँपालिका २ ठाडोखोला झुल्यानका ३० बर्षीय भीमलाल सिन्तान र उनकी साँढे २ बर्षीया छोरी बिमलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनीहरु तीनै जनाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक एवम् प्रवक्ता दीलिपकुमार झाले बताए। जिल्ला प्रहरी कार्यालयमा कन्ट्रोल राखेर हेटौंडा बजारमा सञ्चालित २६ वटा सिसिटिभी मध्ये चट्याङका कारण १६ वटामा समस्या आएको बताउँदै उनले केही स्थानमा विद्युत समेत अबरुद्ध नभएकाले एकीन तथ्याङ्क नआएको बताए।

प्रकाशित: २३ वैशाख २०७५ १६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App