६ वैशाख २०८१ बिहीबार
समाज

मोदी भ्रमणको पूर्वसन्ध्यामा पशुपतिमा प्रदर्शन

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा आइतबार पशुपतिनाथ मन्दिर क्षेत्रमा प्रदर्शन भएको छ। कञ्चनजंघा सोशियल वेयलफर फाउण्डेसन एण्ड मिडिया कन्सलटेन्सीको अगुवाईमा युवाहरुले भारतीय प्रम मोदीको स्वागतमा पशुपतिनाथ क्षेत्रमा प्रदर्शन गरेका हुन्।

नेपाल–भारतको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन मोदीको भ्रमण महत्वपूर्ण रहेको र यसलाई पूर्ण रुपमा सफल बनाउन जनस्तरमा आफूहरु प्रदर्शनमा उत्रिएको फाउण्डेसनका प्रमुख विकास ठाकुरले बताए। ‘मोदीको स्वागतका लागि नेपाली जनता आतुर रहेको सन्देश दिन खोजेका हौँ’, ठाकुरले भने। 

पशुपतिमा युवाहरुले दुई देशको झण्डा तथा मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अंकित टिर्सट लगाएर भारतसँगको सबन्ध मैत्रीपूर्ण र सौहार्द बनाउ भन्दै नाराबाजी गरेका थिए। यसअघि युवाहरुले माइतीघरमा मोदीलाई स्वागत छ भन्दै प्रदर्शन गरेका थिए।

भारतीय प्रधानमन्त्री मोदी २ दिने भ्रमणका लागि वैशाख २८ गते जनकपुर हुँदै काठमाडौं आउँदैछन्। 

प्रकाशित: २३ वैशाख २०७५ १५:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App