८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

बाजुर– चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन् । शनिबार राति परेको चट्याङ लागेर जगन्नाथ गाउँपालिका–२ लुमामा एकै परिवारका चार जना घाइते भएका छन् । 

घाइते हुनेमा गोरख सार्कीको श्रीमती जुनपुरा सार्की, छोरी रेशमा सार्की, मीना सार्की छोरा जीवन सार्की र छाया सार्की छन् । घाइतेमध्ये १३ वर्षका छाया सार्कीको अवस्था गम्भीर रहेको गाउँपालिका प्रवक्ता डबल विकले जानकारी दिए ।

गम्भीर घाइते छायाको उपचार प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा भइरहेको छ । अन्यको जगन्नाथ स्वास्थ्य चौकीमा भइरहेको छ । खाना खान भनेर बसिरहेको बेला परेको चट्याङ लागेर उनीहरु घाइते भएका छन् । चट्याङका कारण घरभित्र रहेको सरसमानमा क्षति पुगेको छ भने घरको छानोसमेत भत्कीएको छ । 

शनिबार रातिकै हावाहुरी र असिना पानीले जिल्लाका विभिन्न स्थानको अन्न र तरकारी बालीमा क्षति पुगेको छ । त्रिवेणी नगरपालिकामा असिनाले तरकारी र गहुँबालीमा क्षति पु¥याएको छ ।

प्रकाशित: २३ वैशाख २०७५ १४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App