८ वैशाख २०८१ शनिबार
समाज

वृद्धा आमालाई करणी गरेको आरोपमा छाेरा पक्राउ

गोरखा– भिमसेन थापा गाउँपालिका–६ मा आफ्नै आमालाई करणी गरेको अभियोगमा प्रहरीले ३३ वर्षीय एक युवकलाई पक्राउ गरेको छ । युवककी पत्नीले ६५ वर्षीया आमालाई करणी गरेको देखेपछि युवकविरुद्ध प्रहरीमा उजुरी गरेकी थिइन् । पत्नीको उजुरीका आधारमा युवकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

बैशाख २० गते राति युवकले आमालाई करणी गरेको उनकी पत्नीले प्रहरीसँग बताएकी छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । 

प्रहरीसँगको बयानमा भने आमाले सबैकुरा सहमतिमै भएको उल्लेख गरेकी छन् । सहमतीमै भएपनि हाडनाता करणी अभियोगमा मुद्दा लाग्ने जिल्ला प्रहरी कार्यालयका सई रोशन श्रेष्ठले बताए । उक्त अभियोगको सजाय अधिकतम आजीवन जेल सजायसम्म हुनसक्ने कानुनी ब्यवस्था छ । 

 

प्रकाशित: २३ वैशाख २०७५ १३:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App