coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

आइपीएल : मुम्बईद्वारा कोलकातासामु १८२ रनको लक्ष्य प्रस्तुत

मुम्बई– भारतमा जारी ११औं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्ससामु १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ।

घरेलु मैदान वानखेडे स्टेडियममा टस हारेर व्याटिङ्गको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८१ रन बनायो।

मुम्बईका लागि सूर्य कुमार यादवले सर्वाधिक ५९ रन बनाए। ३९ बल खेलेका यादवले ७ चौका र २ छक्का प्रहार गरे। 

इविन लुइसले २८ बलमा ५ चौका र २ छक्कासहित ४३ रन जोडे। हार्दिक पाण्ड्याले नटआउट ३५ रन बनाए। जेपी डुमिनी १३ रनमा अविजित रहे। क्रुनल पाण्ड्या १४ र रोहित शर्माले ११ रन जोडे। 

बलिङतर्फ सुनील नारिन र आन्द्रे रुसेलले २–२ विकेट लिए।

प्रकाशित: २३ वैशाख २०७५ १२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App