८ वैशाख २०८१ शनिबार
समाज

यार्सागुम्बासहित पक्राउ

खाँदबार– संखुवासभा खाँदबारीबाट अवैध यार्सागुम्बासहित एक जना पक्राउ परेका छन् । शनिबार बिहान खाँदबारी बसपार्कबाट अवैध यार्सागुम्बासहित जुम्लाका सुन्दरी गाउँपालिका ७ बस्ने नरबहादुर रोकाया पक्राउ परेका हुन् । 

पक्राउ परेका रोकायाबाट ८ सय ग्राम यार्सागुम्बा बरामत गरेको प्रहरीले जनाएको छ । उनलार्ई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जनाए ।

प्रकाशित: २३ वैशाख २०७५ ११:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App