७ वैशाख २०८१ शुक्रबार
समाज

प्रहरीद्वारा बालविवाह बदर

डोल्पा– यहाँको एक नगरपालिकामा उमेर नपुगेर गरिएको बालविवाहालई प्रहरीले बदर गरिदिएको छ । त्रिपुरासुन्दरी नगरपालिका वार्ड–४ रंग घर भएकी १५ वर्षीया बालिका अनिसा बुढा र सोही नगरपालिका वार्ड–२ रूम घर भएका १८ वर्षीय गोबिन्द बुढाबीच हुनै लागेको विवाह प्रहरी चौकी त्रिपुराकोटले बदर गरिदिएको हो । 

उमेर नपुगेकी १५ वर्षीया छोरीलाई ललाइँ फकाइ २१ बैशाखको राति घरबाटै विवाहको लागि भगाएर लगेकाले कारबाही गरी विवाह बदर गरी पाउँ भनि बालिकाका बुबा पुनबहादुर बुढाले प्रहरी चौकी त्रिपुराकोटमा ०७५ बैशाख २२ गते निवेदन दिएका थिए ।

प्रहरीले २३ बैशाखमा बालिका अनिषा बुढा बालक गोविन्द बुढासहित दुबै पक्षका अभिभावकलाई बोलाई छलफल गराउँदा उमेर नपुगेको पाइएपछि सोमबार हुने भनिएको विवाहलाई बदर गरी दुबै पक्षका अभिभावकलाई उमेर नपुगेसम्म विवाह नगर्ने र गरेको पाइएमा कारबाही गरिने लिखत कागज गराएर बालक र बालिकाका आ–आफ्ना अभिभावकको जिम्मा लगाइएको प्रहरी चौकी त्रिपुराकोटका इन्चार्ज सई रोमहर्ष सिजवालले जानकारी दिए ।  

 

प्रकाशित: २३ वैशाख २०७५ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App