७ वैशाख २०८१ शुक्रबार
अन्तर्वार्ता

भुटानी शरणार्थी समस्या समाधान गर्न माग (भिडियाे अन्तार्वार्ता)

काठमाडौं– भुटानी शरणार्थीका नेता तथा भुटानको राजकीय सल्लाहकार परिषदका पूर्व सदस्य टेकनाथ रिजालले भुटानी शरणार्थी समस्या स्थायीरूपमा समाधान गर्न माग गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्व सन्ध्यामा रिजालले नेपालका प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीलाई छुट्टाछुट्टै खुल्ला पत्र लेख्दै यस्तो माग गरेका हुन् । 

नेता रिजालले भुटानको विकासमा सघाइरहेको भारतले भुटानी जनता अर्काे देशमा शरणार्थी भएर बस्नु परेको अवस्थालाई नजर अन्दाज गर्न नमिल्ने भन्दै यो विषयमा भुटान सरकारसँग छलफल गरेर समाधान निकालिदिन आग्रह गरेका छन् । उनले भारतीय प्रधानमन्त्री मोदीलाई भुटानी शरणार्थी समस्या समाधानका लागि भुटान सरकारसँग मध्यस्थताको काम गरिदिन पनि अनुरोध गरेका छन् ।  

हालः झापा र मोरङमा रहेका ९ हजारभन्दा बढी शरणार्थीको स्वदेश फर्कने आशमा बसिरहेको भन्दै उनले भारतीय प्रधानमन्त्रीले पहल गरेमा ३० वर्ष पुरानो समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् । 

नेता रिजालले शरणार्थी समस्या समाधानका लागि नेपालका प्रधानमन्त्री ओलीसँग भेटेर कुराकानी गर्न खोजेपनि प्रधानमन्त्री ओलीले भेटन अस्विकार गरेपछि ओलीलाई पनि खुल्ला पत्र लेख्दै भारतीय प्रधानमन्त्रीको भ्रमणमा यो विषय उठान गरिदिन आग्रह गरेका छन् । 

शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रिजालले भुटानी शरणार्थीहरुको समस्या समाधान नै नगरी कमजोर बनाउन लागिएको भन्दै गुनासो गरे । ‘हामी अन्यायमा परेका छौँ, यो विषय भारत र नेपालले राम्रोसँग बुझेका छन् तर समस्या समाधानका लागि कतैबाट पहल भएन,’ उनले भने । 

हालः भुटानमा रहेका करिब ८० हजार नेपाली मुलका मानिसहरूसमेत असुरक्षित रहेको भन्दै उनले त्यहाँ जनगणना गर्दासमेत ८० हजार नेपालीलाई छुटाएको उनको आरोप छ । ‘नेपालमा रहेका शरणार्थी मात्र होइन, भुटानमै रहेका नेपालीमूलका नागरिकहरु असुरक्षित छन्, यो समस्या समाधानका लागि भारतले भुटानसँग छलफल गर्नुपर्छ,’ रिजालले भने । 

भुटानमा बसेका भारतीयहरुका कारण नेपाली मुलका भुटानीहरु त्यहाँबाट लखेटिनुपरेको भन्दै उनले नेपाली मुलका भुटानीहरु दक्षिणी भुटानमा भारतको सीमा रक्षककारूपमा सयौँ वर्षदेखि बस्दै आएको बताए । भुटानीहरूलाई हिन्दुधर्मालम्बी र नेपालीभाषी भएकै आधारमा १९८८ मा भारतको बाटो हुँदै नेपाल लखेटिएको रिजालको आरोप छ । 

शरणार्थीकारूपमा आफूहरुको कुनै हैसियत नभएको भन्दै रिजालले सुरक्षा चुनौतिलगायतका समस्या भएपनि कतैबाट सहयोग नभएको गुनासो गरे । उनले नेपाली नेताहरूले भुटानी शरणार्थी समस्या समाधानका लागि प्रतिबद्धता जनाएपछि पछिल्लो समय भेटेर गुनासो सुन्न समेत छोडेको आरोप लगाए । 

भिडियाे अन्तार्वार्ता

प्रकाशित: २३ वैशाख २०७५ ०७:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App