४ वैशाख २०८१ मंगलबार
समाज

प्राज्ञिक समाजको अध्यक्षमा डा. सुबेदी

खोटाङ– रावासावा प्राज्ञिक समाजको अध्यक्षमा डा. धनप्रसाद सुबेदी चयन भएका छन् । काठमाडौंमा बसिरहेका खोटाङ्गे लेखक, श्रष्टा, कलाकारलगायतले २०६५ सालमा स्थापना गरेको रावा सावा प्राज्ञिक समाजको अध्यक्षमा डा. सुबेदी चयन भएका हुन् । 

जन्मथलो खोटाङ, कर्मथलो काठमाडौं बनाएर बसिरहेका खोटाङ्गेको संस्थाकारुपमा रहेको समाजको पाटन संयुक्त क्याम्पसमा भएको नवौं साधारणसभाले सुबेदीलाई चौथो अध्यक्षमा चयन गरेको हो । 

प्राज्ञिक समाजको उपाध्यक्षमा गीतकार टिका चाम्लिङ, कबि बम बानियाँ र सुरेश हाचेकाली, महासचिवमा कबि चन्द्र रानोहँछा, सचिवमा लेखक प्रविण पुमा र कोषाध्यक्षमा भरत मगर छानिएका छन् । डा. यादेबी ढकाल, श्रीराम राई, आनन्द भट्टराई, भीम राई र रेवत राई समाजको सदस्य रहेका छन् । 

डा. विष्णु राईको अध्यक्षतामा स्थापना गरिएको समाजले खोटाङ्गे कला, साहित्य, संगीत, शिक्षा तथा समाजसेवाको क्षेत्रमा काम गर्दै आएको छ । प्राज्ञिक समाजले देशविदेशमा रहेका र जिल्लामै बसेर बिभिन्न क्षेत्रमा योगदान पु¥याइरहेका खोटाङ्गेलाई जोड्न पुलकोरुपमा पनि काम गर्दै आएको छ । समाजले खोटाङको माटोमा जन्मिएका साहित्यिक, सांगीतिक तथा कला सम्बन्धि प्रतिभाको सम्मान एबं रचनात्मक सहयोग गर्दैआएको अध्यक्ष सुबेदीले बताए । 

समाजले यस वर्षदेखि रावासावा कमलाभक्त प्रतिभा पुरस्कार वितरण सुरु गरेको छ । 

 

प्रकाशित: २३ वैशाख २०७५ ०७:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App