coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

दाङ–नयाँदिल्ली बस सेवा सञ्चालन

दाङ– राप्ती अञ्चल सार्वजनिक बस व्यवसायी समितिले अन्तर्राष्ट्रियस्तरमा बस सेवा सञ्चालन गरेको छ।

समितिले पहिलोपटक दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि सिधा डिलक्स बस सेवा सञ्चालन गरेको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिए।

उनका अनुसार आजबाट दाङदेखि भारतको नयाँदिल्लीसम्मका लागि दिउँसो ११ः३० बजे बस सञ्चालन भएको हो। त्यसैगरी दैनिक सोमबार, बुधबार, शुक्रबार नेपालबाट भारतको दिल्लीका लागि बस छुट्ने र भारतको दिल्लीबाट नेपालका लागि आइतबार, बुधबार र शुक्रबार बस छुट्ने छ।

यात्रुको बढ्दो मागसँगै नेपाल–भारत आवतजावत गर्ने यात्रुलाई सहज रुपमा सुरक्षित र भरपर्दो सेवा दिन समितिले बस सेवा सुरु गरेको अध्यक्ष हमालले बताए।

दाङको भालुवाङदेखि भारतको राजधानी नयाँदिल्लीसम्मका लागि रु. दुई हजार भाडा तोकिएको छ। पहिलोपटक एउटा बसबाट सेवा आरम्भ गरे पनि यात्रुको मागअनुसार सेवा थप गरिने उनले जानकारी दिए। रासस

प्रकाशित: १३ भाद्र २०७३ ०८:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App