coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

सोनमको हनिमुनमा कान्स तगारो

मुम्बई – विवाह अघि हरेक जोडीको हनिमुन योजना हुन्छ। बलिउड अभिनेत्री सोनम कपूरले भने विवाह लगत्तै हनिमुनको अवसर भने पाउने छैनन्।  बलिउड अभिनेता अनिल कपूरकी छोरी सोनम आगामी मे ८ का दिन आनन्द आहूजासँग सात फेरा लगाउँदैछिन् । छोरीको विवाहकै लागि अनिलको परिवार कम्मर कसेर लागेका छन्। विवाह पछि सोनम र आनन्द हनिमुनका लागि कुन ठाउँ जालान् भन्ने सबैले आ–आफ्नो अनुमान लगाइरहँदा सोनमले भने यो अवसर नपाउने करिब निश्चित भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सोनमले हनिमून मौका पाउनेछैनन्। सोनम आगामी मे १४ मा फ्रान्सको कान्समा हुन लागेको ‘कान्स फिल्म फेस्टिबल’मा पति बिना एक्लै सहभागिता जनाउँदैछिन् । यो फेस्टिभल सोनमको विवाहकै दिन शुरु हुँदैछ।

विवाह लगत्तै सोनम र आनन्द हनिमूनमा जाँदैनन् त भन्ने अन्यौल छाइरहँदा सोनम आफ्नो व्यस्त समयतालिकालाई ध्यान दिँदै अक्टोबर या नोभेम्बरमा हनिमुन जानेछिन्। सोनम कान्स पछि फिल्म ‘एक लड्की को देखा तो ऐसा लगा’को सुटिङ शुरु गर्नेछिन्। यो फिल्म पछि उनी रिलिज हुन लागेको अर्को फिल्म ‘वीरे दी वेडिङ’ प्रमोसनमा व्यस्त हुनेछिन्।

सोनमको अगष्ट महिनाको समय तालिका पनि निकै खँदिलो छ। यो महिना उनी साउथ सुपरस्टार दिलकर सलमानसँग फिल्म ‘द जोया फैक्टर’ को सुटिङमा हुनेछिन्।

प्रकाशित: २३ वैशाख २०७५ ०४:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App