coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

कर्माछिरिङलाई थापाको बधाई

काठमाडाैं – लामो समयदेखि आफूविरुद्धको आन्दोलन नेतृत्व गरेका कर्माछिरिङ शेर्पा  पूरा प्यानलसहित निर्वाचित भएपछि एन्फाका पूर्व अध्यक्ष गणेश थापाले नयाँ कार्यसमितिलाई बधाई दिएका छन्।

विश्व फुटबलको सर्बोच्च निकाय फिफाले भ्रष्टाचार अभियोगमा २०७२ कात्तिक ३० मा १० वर्षका लागि प्रतिबन्ध लगाएयता फुटबल प्रशासनमा नरहेका थापाले शनिबार निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै फेसबुकबाट नयाँ कमिटीलई बधाई दिएका हुन्।

‘एन्फाका सबै नवनियुक्त अधिकारीहरुलाई बधाई छ । म उहाँहरु सबैलाई एन्फामा अत्यन्तै सफल कार्यकालको सुभकामना व्यक्त गर्न चाहन्छु,’ फेसबुक स्ट्याटसमा कसैको नाम उल्लेख नगरी थापाले लेखेका छन्, ‘नेपालमा फुटबलको अवस्था विकास तथा सुधारका लागि सम्पूर्ण फुटबल परिवार एकजुट हुने पनि मैले आशा लिएको छु । नेपाली फुटबललाई अझ उचाई प्रदान गर्न सम्पूर्ण फुटबल परिवारप्रति मेरो सधैझै सुभकामना रहने छ।’
 

प्रकाशित: २३ वैशाख २०७५ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App