७ वैशाख २०८१ शुक्रबार
खेल

जितेन्द्र र प्रेरणालाई उपाधि

काठमाडौं – राष्ट्रिय पूर्वच्याम्पियन जितेन्द्र परियार र प्रेरणा कोइरालाले छैटौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन्।

शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा भएको पुरुष एकलको फाइलमा जितेन्द्रले कमल भण्डारीलाई ६–३,३–६,६–३ को सेटमा पराजित गरे।

महिला फाइनलमा साबिक विजेता आइरा रावत रिटायर्ड हर्ट भएपछि प्रेरणाले उपाधि पक्का गरिन् । पहिलो सेट ६–३ ले जितेकी प्रेरणले दोस्रो सेटमा ३–० ले अघि रहँदा आइरा रिटायर्ड हर्ट हुँदै बाहिरिएकी थिइन्। दुवै विधाका विजेताले ५० हजार रुपैयाँ  र उपविजेताले २५ हजार रुपैयाँ हात पारे।

यसअघि पुरुष युगलमा जितेन्द्र परियार र सन्तोष खत्री तथा महिला युगलमा श्रीराम मगर र आइरा रावतको जोडी पहिलो बनेको थियो।

त्यस्तै भेट्रान ३५ वर्षमाथि पुरुष एकलमा कमल भण्डारी, ३५ वर्षमाथि पुरुष युगलमा श्रीराम मगर र सोभितमान श्रेष्ठ, ४५ वर्षमाथि पुरुष एकलमा कृष्णराज घले, ४५ वर्षमाथि पुरुष युगलमा कृष्णराज घले र सुवर्ण धाख्वा, ५५ वर्षमाथि पुरुष एकलमा कृष्णराज घले, ५५ वर्षमाथि पुरुष एकलमा ध्रुव गुरुङ, ५५ वर्षमाथि पुरुष युगलमा मनोज राण र छ्याम्बा डुन्डुप तथा ६५ वर्षमाथि पुरुष एकलमा ज्ञानेन्द्रमान ताम्राकारले शीर्ष स्थान हात पारेका थिए।

प्रकाशित: २३ वैशाख २०७५ ०४:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App