coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

झुटो मुद्धा लगाएर थारु पक्राउ गर्न थालिएको भन्दै संसद बहिष्कार

काठमाडौं—व्यवस्थापिका–संसदको आजको बैठक सुरु हुने बित्तिकै सांसद लक्ष्मीकुमारी चौधरीले विभिन्न माग राखी तराई मधेशमा जारी आन्दोलनले उठाएको मागप्रति सरकार संवेदनशील बन्न नसकेको बताए।

सभामुख ओनसरी घर्तीसित समय लिई उनले नयाँ संविधानमा महिलाको हक अधिकार सुनिश्चित नभएको भन्दै संविधान संशोधन गर्न माग गरिन्।

आन्दोलनरत निहत्था मधेशी, थारुलाई सरकारले झुट्टा मुद्दा लगाई पक्राऊ गर्न सुरु गरेकामा आपत्ति जनाउँदै सांसद चौधरीले आजको बैठक पनि तराई मधेश आन्दोलनरत पार्टीले बहिष्कार गर्ने जानकारी गराउँदै बैठकबाट बाहिरिएकी थिइन्। रासस

 

प्रकाशित: ८ असार २०७३ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App